शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्बोच्चका नवनियुक्त न्यायाधीशको खबरदारी

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सर्बोच्चका नवनियुक्त न्यायाधीशको खबरदारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्वोच्च अदालतका एक नवनियुक्त न्यायाधीशले शनिबारको दिन पारेर दुईवटा फेसबुक स्टाटस लेखे। पहिलोमा उनले आफ्नो नियुक्तिलाई लिएर बधाई र शुभकामना दिनेहरूप्रति कृतज्ञता व्यक्त गरे। आफूप्रति विश्वास निरन्तर कायम राख्न र साथ दिनका लागि अनुरोध पनि गरे। यो सन्देश छोटो छ।

त्यसको केही अन्तरालमा उनले दोस्रो स्टाटस लेखे। अध्यात्मप्रति लगाव राख्ने ती न्यायाधीशको पछिल्लो फेसबुक टिप्पणी केही लामो र आलोचकहरूप्रति लक्षित देखिन्छ।

वरिष्ठ अधिवक्ता एवं सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षबाट सर्वोच्चको न्यायाधीश बन्न पुगेका न्यायाधीश मेघराज पोखरेलले आफ्नो नियुक्तिप्रति छेडछाड गर्नेहरूलाई जवाफ दिएको यस सन्देशबाट बुझ्न सकिन्छ।

‘मलाई यो पनि थाहा छ- शक्ति, पद, प्रतिष्ठा कालजयी हुँदैन। क्षणिक हुन्छ। शक्ति सधैँ आफ्नै अनुकूल भइराख्छ भन्ने पनि हुँदैन। तर मेरो यो नयाँ जिम्मेवारीको छोटो समयभित्रै एउटा अनुभव गर्दै छु, धमिलो पानीमा माछा मार्न खोज्नेहरू निक्कै हुँदा रहेछन् समाजमा। मेरै नाम लिएर माछा मार्न प्रयत्न गर्नेहरू पनि सुन्दै छु। मेरो नम्र निवेदन छ, यस्तो दुष्प्रयास कहिल्यै नगर्नुहोला। त्यसले राम्रो परिणाम दिने छैन। यसबाट प्रभावितहरूलाई यस्तो भुलभुलैयामा नपर्न पनि सादर अनुरोध गर्दछु। वचनको संयम र व्यवहारमा शुद्धता अत्यन्त महत्त्वपूर्ण छ। जिब्रो त कुरा भनेर मुखभित्र पसिहाल्छ। त्यसको परिणाम भने बोल्नेले त व्यहोर्नुपर्छ पर्छ, असर पर्नेले पनि अनाहकमा व्यहोर्नुर्छ।’

उनको नाम लिएर कसले के गर्न खोजेको हो भन्ने प्रस्ट देखिँदैन।

न्याय परिषद्को बैठकले जेठ २७ गते उनीसहित तीन जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। असार २४ गते उनीहरूले शपथ लिए।

संसदीय सुनुवाइका क्रममा असार १५ गते एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रक्रियाबाट बाहिरिन सुझाव दिएका थिए। तर, संसदीय संसदीय समिति समितिले सुनुवाइ सकिएपछि पनि एक सातासम्म कुनै प्रस्ट कारणबिना निर्णय नगरी ‘होल्ड’मा राखेर असार २३ गते मात्र अनुमोदनको निर्णय गरेको थियो।

कानुन व्यवसायी क्षेत्रबाट सिफारिसमा पर्ने उनी एक्ला थिए। ‘डेमोक्र्याटिक’ धारका उनलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विशेष ‘अफर’ गरेका थिए। जबकि, उक्त धारबाट कांग्रेस नेताहरूले अन्य व्यक्तिको सिफारिस गरेका थिए। एमाले र कांग्रेस धारबाट सिफारिस भएका नामहरू लत्याउँदै राउतले आफ्नै जोडबलमा पोखरेललाई अब्बल र व्यावसायिक भनी सिफारिस गरेका हुन्। पोखरेलको सिफारिस कतिपय विवादित, कनिष्ठ र ‘कार्यकर्ता’ प्रकृतिका नामहरू पाखा लगाउने प्रधानन्यायाधीशको रणनीति भनेर पनि अर्थ्याइएको छ। राउतको यस कदमबाट कांग्रेस र एमाले दुवै खेमा असन्तुष्ट रहेको कतिपयको भनाइ छ।

बारभित्रै पनि पोखरेल भर्खरै निर्वाचित भएको पद अलपत्र छाडेर सर्वोच्चको न्यायाधीश बन्न गएको भनेर टीकाटिप्पणी भइरहेका छन्।

तर पोखरेलले कसैको नाम नलिएर आफ्नो कसैसँग रिस-द्वेष नरहेको प्रस्ट पारेका छन्।

उनले लेखेका छन्, ‘म प्रष्ट छु, मेरो कसैसँग प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा आफैँभित्र छ, केवल आफैँसँग। अरूको होइन, आफ्नै कुरा गुनगुनाउँछु। रागद्वेषबाट मुक्त हुने प्रयास गर्छु। जगत् र जीवनलाई जे जसरी बुझेको छु, निरधक्कसँग राख्छु। निन्दा र स्तुतिको कुरा गरी पनि रहन्न र सुनी पनि रहन्न। यो मेरो भिन्न धार हो। मलाई यसैमा रहनु छ, बाँकी जीवन पनि।’

हेर्नुहोस् न्यायाधीश पोखरेलको पूरा स्टाटस:
आफैं ठूलो आफैं सही, आफैं जान्ने भन्ने जस्ता आत्मकेन्द्रित मान्छेले आफूलाई सही देखाउन संधै कसै न कसैलाई हेच्याउने र खुट्टा तांन्ने तानावाना बुन्दै आफ्नो उर्जा सिध्याउछन्। तर उनिहरूलाई यो वोध हुँदैन कि आफैंप्रतिको यति धेरै केन्द्रिकरणले मान्छेलाई एक्ल्याउन थाल्छ। एक्लोपनले अरू र आफूमा फरक पांउछ, फासला बढाउंछ। अरूले पाएको दुःख आफ्नो दुःख होइन भनि पन्छाउने मात्र होइन भित्रभित्र खुशी हुनथाल्छ। अझ गहिरा आत्मकेन्द्रितहरू त अरूलाई हरतरहले दुःख दिएर पर्दापछाडी रमाई रहन्छन्। यसले उनिहरूमा असहनशीलता बढाउछ।

मलाई लाग्छ, यस्ता आत्मरति, आत्मश्लाघा, अहं र अरूका नजरमा चढ्ने मोहभन्दा तिनलाई समन गर्ने र हामी सबै एकै सिर्जना हौं, एकअर्कामा बांधिएका छौं, आफ्नो एउटा कृत्यले अरूलाई पनि प्रभाव पार्छ भन्ने सोचिदिए मात्र पनि समाजमा ठूलो प्रभाव पार्छ। संसारमा एक्लो कोही छैन। सबै एकअर्कामा गांसिएका छौं भन्ने बहिर्गम सोच निर्माण गर्नसके हामी सबै खुसियालीमा रमाउन सक्छौं।

मलाई यो पनि थाहा छ, शक्ति, पद, प्रतिष्ठा कालजयी हुंदैन। क्षणिक हुन्छ। शक्ति सधैं आफ्नै अनुकूल भैराख्छ भन्ने पनि हुंदैन। तर मेरो यो नयाँ जिम्मेवारीको छोटो समयभित्रै एउटा अनुभव गर्दैछु, धमिलो पानीमा माछा मार्न खोज्नेहरू निक्कै हुँदा रहेछन् समाजमा। मेरै नाम लिएर माछा मार्न प्रयत्न गर्नेहरू पनि सुन्दैछु। मेरो नम्र निवेदन छ, यस्तो दुस्प्रयास कहिल्यै नगर्नु होला। त्यसले राम्रो परिणाम दिनेछैन। यसबाट प्रभाबितहरूलाई यस्तो भूलभूलैयामा नपर्न पनि सादर अनुरोध गर्दंछु। वचनको संमय र व्यावहारमा सुद्धता अत्यन्त महत्वपूर्ण छ। जिब्रो त कुरा भनेर मुखभित्र पसिहाल्छ। त्यसको परिणाम भने बोल्नेले त ब्यहोर्नुपर्छ पर्छ, असर पर्नेले पनि अनाहकमा व्यहोर्नुर्छ।

म प्रष्ट छु, मेरो कसैसंग प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा आफैंभित्र छ, केवल आफैंसंग। अरूको होईन आफ्नै कुरा गुनगुनाउछु। राग द्वेषबाट मुक्त हुने प्रयास गर्छु। जगत् र जीवनलाई जे जसरी बुझेको छु, निरधक्कसंग राख्छु। निन्दा र स्तुतिको कुरा गरिपनि रहन्न र सुनिपनि रहन्न। यो मेरो भिन्न धार हो। मलाई यसैमा रहनुछ बाँकी जीवन पनि।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१६ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक