काठमाडौं । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्ने वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।
श्रेष्ठ साउन २७ गते बुधबार ललितपुरबाट पक्राउ परेका थिए । उनलाई व्यक्तिगत गोपनियतामा सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । यसअघि जिल्ला अदालतले ३ दिन म्याद थप गरेको थियो भने आज पनि काठमाडौँ जिल्ला अदालतले ४ दिन म्याद गरेको थियो । तर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने सर्वोच्चले रिहा गर्न भनेको हो । साथै श्रेष्ठको संस्था तथा घरबाट बरामद गरिएका डिभाइस पनि फिर्ता गर्न जानकारी गराइएकाे छ ।


