रामधुनी नगरपालिका-३ बगैँचा टोल बस्ने ५० वर्षीय बिन्दामान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित पानी जमेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको साई हस्पिटल झुम्का हुँदै कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारपाक सुलिकोट गाउँपालिका-७ बालुवा बस्ने ३५ वर्षीय दिल बहादुर कुवँरको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित पिपलको चौतारामा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
