बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले  संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै  कुनै पनि  भ्रममा नपर्न आग्रह गरेका छन्।

एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफु नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गरे।

काठमाडौँको हायात होटेलमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको  एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

“नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा  गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं,” श्रेष्ठले भने। परराष्ट्र मन्त्रालयले आफु नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उनले बताए।

उनले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफुहरु लचिलो भएर अघि बढ्ने बताए। “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय  कार्यालय जान  हतार गरेका छैनौं,” उनले भने । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने उनले बताए ।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटकपटक पत्राचार गर्दा पनि बद्री केसी पक्षले संघको सचिवालय, एमआइएस प्रणाली लगायत हस्तान्तरण गर्न अस्विकार गर्दै आएको छ।

अध्यक्ष श्रेष्ठले  विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि  गरे। “केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ,” उनले भने। उनले एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि  गरे।

उनले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै भने, “विवादले हामीलाई हल्का रूपमा लिन थालिएको छ। पहिला विवाद मिलाउनुस्, अनि मुद्दा लिएर आउनुस् भन्छन्।”

अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि  र नेपालको समृद्धिजस्ता विषय अगाडी बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाए। उनले  कार्यक्रमका  सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ पनि दिएका  थिए।

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

४६ मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक