काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि जारी छ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु भएकाे छ ।
बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।
केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन मंगलबार उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए । दोस्रो दिन ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको थियो । आज पनि बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने र पार्टीका समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


