काठमाडौं । इलाम, रोङ गाउँपालिका-५ देवनथापस्थित सडकमा देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१-०४-००१ त १२३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक झापा मेचीनगर नगरपालिका-५ नकलबन्दा बस्ने ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका ५८ वर्षीय चन्द्र बहादुर दोङको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

