शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

बच्चा जन्माउनु र मर्नु अवैध स्थल !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
बच्चा जन्माउनु र मर्नु अवैध स्थल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संसारका विभिन्न भागमा आफ्नै-आफ्नै नीति नियम छन् । जसले त्यहाँका नागरिकलाई नियमभित्र बाँधेर राख्छ ।

आज हामी तपाईंलाई त्यस्तै एउटा ठाउँको बारेमा बताउनेछौँ, जो देख्नमा स्वर्ग जस्तै छ तर यहाँको नियम कानुनहरू यस्ता छन्, जसले बस्न योग्य वातावरण दिँदैन ।

बच्चा जन्माउनु र मर्नु अवैध

नर्वेमा रहेको स्वालबार्ड नामको यो द्वीपमा पर्ने लोन्ग्येरबेयेन (Longyearbyne) आर्कटिक महासागरको क्षेत्रमा पर्छ । यस स्थानमा मानिसहरूको मृत्युलाई कानुनको विपरीत मानिन्छ ।

सरल भाषामा भन्नुपर्दा यहाँ मर्नु अवैध मानिन्छ । यो असामान्य नीतिको पछाडि एक महत्त्वपूर्ण कारण छ । यसलाई बुझ्न हामीले लोन्ग्येरबेयेनको बारेमा थाहा पाउनुपर्छ ।

लोन्ग्येरबेयेन पृथ्वीका सबैभन्दा चिसा ठाउँमध्ये एक हो । यहाँको सबैभन्दा चिसो दिनको तापक्रम माइनस ४६.३ डिग्री सेल्सियस थियो । सबैभन्दा गर्मी मौसममा पनि यहाँको तापक्रम ३ देखि ७ डिग्री सेल्सियसको बीचमा मात्र हुन्छ । यो नै आर्कटिक जलवायु हो ।

यहाँको जलवायुको कारणले गर्दा नै बच्चा जन्माउनु र मर्नु अवैध मानिएको हो । यो ठाउँ निकै चिसो भएकोले यहाँ मृत शरीरलाई गाड्नको लागि जमिन खोज्नु नै कठिन हुन्छ र गाडिएका शवहरू कहिल्यै कुहिन नसक्नु यहाँको अर्को समस्या हो ।

वैज्ञानिकहरूको अनुसार शताब्दीयौँदेखिका भाइरस र ब्याक्टेरियाहरू शवमा सुरक्षित अवस्थामा रहन्छन् । यदि कोही रोगबाट मर्छ भने, उसको शरीर भएको भाइरस र ब्याक्टेरियाहरू जीवित अवस्थामा नै रहन्छन् । जब पर्माफ्रस्ट (Permafrost) पग्लिन्छ, तब यी गाडिएका शवहरूबाट हानिकारक भाइरस र ब्याक्टेरियाहरू वातावरणमा फैलिनसक्ने डर हुन्छ ।

पर्माफ्रस्ट भन्नाले पृथ्वीको सतहभन्दा माथि वा पृथ्वीको सतहमा भन्दा तल जमेको एक तह हो । जुन प्रायः अति चिसो तापक्रम भएका क्षेत्रहरूमा हुने गर्दछ । यस तहमा रहेका जीवाणु, ब्याक्टेरिया र अन्य जैविक पदार्थहरूलाई पर्माफ्रस्टले शताब्दीयौँसम्म संरक्षण गर्न सक्छ । जब पर्माफ्रस्ट पग्लिन्छ, यससँगै जमेको माटो, पुराना भाइरस र ब्याक्टेरिया पनि वातावरणमा फैलिन्छन् ।

यसैको डरले सन् १९५० मा नर्वे सरकारद्वारा एउटा नीति बनाइएको थियो, जसले नगर सीमाभित्र मृत्यु हुनु र दाहसंस्कार गर्नु अवैध बनायो । यस स्थानमा भएको ठूला ठूला चिहानहरू पनि बन्द गरिएका थिए । तर, जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ । लोन्ग्येरबेयेनका मानिसहरूको मृत्युपछि उनीहरूको शवलाई २००० किलोमिटरभन्दा बढी टाढा अर्को सहरमा पठाइन्छ ।

यहाँ मृत्युमा मात्र निषेध छैन, जन्ममा पनि निषेध छ । गर्भवती महिलाहरूलाई सहरमै बच्चा जन्माउन अनुमति छैन किनभने त्यहाँ प्रसूति सेवाका लागि उचित चिकित्सा सुविधाहरू छैनन् । गर्भवती महिलाहरूलाई प्रसवको मिति भन्दा एक महिना अघि नै सहर छोड्न सल्लाह दिइन्छ ।

यस स्थानमा जम्मा २,५०० मानिसहरू बस्छन् । रोचक कुरा के छ भने यहाँ ध्रुवीय भालुहरूको सङ्ख्या मानिसहरू भन्दा बढी छ । यहाँ ३,००० ध्रुवीय भालुहरू बस्छन्, त्यसैले मानिसहरू बाहिर निस्कँदा हातमा बन्दुक लिएर हिँड्छन् । स्नोमोबाइल र ड्रोनलाई यस ठाउँमा प्रतिबन्ध लगाइएको छ र बिरालोहरू सङ्क्रमण फैलाउन सक्ने डरले प्रतिबन्ध लगाइएको छ । हामीलाई यो बाहिरबाट हेर्दा विचित्र लाग्न सक्छ । तर त्यहाँको लागि यो नै सबैभन्दा राम्रो विकल्प हो ।

यो पनि पढ्नुहोस्

एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान

एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेर राखे कीर्तिमान

३ दिन अगाडि
नेपाली राष्ट्रिय पोशाकमा दौडिएर वर्ल्ड रेकर्ड कायम

नेपाली राष्ट्रिय पोशाकमा दौडिएर वर्ल्ड रेकर्ड कायम

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक