काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटका क्रममा सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र सङ्घीय संसद् संयुक्त राष्ट्रसङ्घसँग समन्वयका लागि सदैव प्रतिबद्ध रहेको जनाएका थिए । पछिल्लो आम निर्वाचनपश्चात् गठन भएको प्रतिनिधिसभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उहाँले उपलब्धि जनाए ।
“निर्वाचनपश्चात् हामी परिणाममुखी कार्यसम्पादनमा केन्द्रित छौँ”, सभामुख अर्यालले भने, “युवाहरूलाई सशक्तीकरण गर्दै अघिल्लो पुस्ताको अनुभवसँग समन्वय गरी अघि बढ्नु आजको आवश्यकता हो ।”
उनले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई थप सुदृढ बनाउँदै महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए।

