काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ। प्रदेश सभा सदस्य उद्धव थापालाई दल नेतामा सर्वसम्मत चयन गरिएको राप्रपाले जनाएको छ। सोमबार भएको प्रदेश संसदीय दलको बैठकबाट उनी सर्वसम्मत रूपमा दल नेता चयन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बागमती प्रदेशमा राप्रपाका १३ जना सांसद छन्।


