काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टबीच छुट सम्झौता भएकाे छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्ट अन्तर्गतका काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिर्मालयन फ्रन्ट रिसोटमा विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी गराए ।
यस्तैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा नि:शुल्क उपलब्ध गराइने उनले जनाए । साे छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेस गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।
यसैबीच, आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।


