बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सबि भट्टराई

नेपालको संविधान २०७२ जारी भएको एक दशक बितिसकेको छ । यस अवधिमा संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती, राजनीतिक अस्थिरता, संघीय संरचनाको प्रभावकारिता, निर्वाचन प्रणाली र शासन स्वरूपजस्ता विषयमा निरन्तर बहस भइरहेको छ । अहिले संविधान संशोधनको विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ । विशेष गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच दुईतिहाइ बहुमतको गणना कसरी गर्ने भन्ने प्रश्नले ठूलो विवाद सिर्जना गरेको छ ।

संविधानको धारा २७४ ले संविधान संशोधनको प्रक्रिया स्पष्ट पारेको छ । संशोधन विधेयक संघीय संसद्का दुवै सदनबाट पारित हुनुपर्छ र त्यसका लागि दुवै सदनका तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर ‘दुवै सदनका सम्पूर्ण सदस्य संख्या’ भन्ने शब्दावलीको व्याख्यामा दुई फरक दृष्टिकोण देखिएका छन् । एक पक्षको भनाइ अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै दुईतिहाइ बहुमत चाहिन्छ । अर्को पक्ष भने दुवै सदनका सदस्य जोडेर कुल ३३४ सदस्यमध्ये २२५ जनाले समर्थन गरे पुग्ने तर्क गर्छन् ।

संविधानको धारा ८३ ले प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको एक संघीय व्यवस्थापिकालाई संघीय संसद् भनेको छ । यसबाट दुई सदन अलग–अलग भए पनि समग्रमा एउटा निकायका रूपमा काम गर्ने व्यवस्था देखिन्छ । धारा २७४(८) मा ‘संघीय संसद्का दुवै सदनका सम्पूर्ण सदस्य संख्या’ भन्ने शब्द प्रयोग भएकाले यसलाई जोडेर गणना गर्नु संविधानसम्मत हुने तर्क बलियो छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी जम्मा ३३४ सदस्य हुन्छन् । यस आधारमा दुईतिहाइ २२५ हुन्छ । यो दृष्टिकोणलाई तार्किक, स्वाभाविक र संविधानको समग्र संरचनासँग मेल खाने मानिएको छ ।

प्रतिनिधिसभाको विशेष हैसियत संविधानमै प्रस्ट छ । धारा १११ ले विधेयक पारित गर्ने प्रक्रियामा प्रतिनिधिसभालाई राष्ट्रिय सभाभन्दा माथिल्लो स्थान दिएको छ । प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रिय सभाले दुई महिनाभित्र पारित नगरे वा अस्वीकृत गरेमा प्रतिनिधिसभाले बहुमतबाट पुनः पारित गरी प्रमाणीकरणका लागि पठाउन सक्छ । अर्थात् राष्ट्रिय सभाले अनन्तकालसम्म रोक्न सक्दैन ।

प्रतिनिधिसभाबाट उत्पन्न विधेयकलाई संयुक्त बैठकमा लैजानुपर्ने बाध्यता छैन भने राष्ट्रिय सभाबाट उत्पन्न विधेयकमात्र संयुक्त बैठकमा जान्छ । यसले प्रतिनिधिसभाको प्राथमिकता र निर्णायक भूमिका स्पष्ट पार्छ । संविधान संशोधन विधेयक पनि विधेयक नै हो । धारा २७४ ले दुईतिहाइको विशेष मापदण्ड थपे पनि यसलाई सामान्य विधेयकको प्रक्रियाबाट अलग गरेको छैन । त्यसैले प्रतिनिधिसभाबाट दुईतिहाइले पारित भएपछि राष्ट्रिय सभाले अस्वीकार गरे पनि प्रतिनिधिसभाले पुनः दुईतिहाइले पारित गर्न सक्ने व्यवस्था संविधानसम्मत हुन सक्छ ।

राष्ट्रिय सभालाई पूर्ण रूपमा बेवास्ता गर्ने होइन तर यसको भूमिका कुल सदस्य संख्यामा समावेश हुने गरी राख्नुपर्छ भन्ने तर्क छ । राष्ट्रिय सभा स्थायी सदन हो र संघीय संरचनाको प्रतिनिधित्व गर्छ तर संवैधानिक अधिकार वितरणमा दुवै सदनलाई समान निर्णायक शक्ति दिइएको छैन । हाल सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीका केही प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यसले छुट्टाछुट्टै दुईतिहाइको आवश्यकतालाई जोड दिएको छ । यसबाट सरकारलाई संशोधन प्रक्रियामा थप चुनौती थपिएको छ । राजनीतिक दलहरूबीच संशोधनको दायरा र प्रक्रियामा सहमति नहुँदा बहस अलमलमा परेको देखिन्छ ।

कतिपयले व्यापक संशोधनलाई संविधान पुनर्लेखनको प्रयास भनेका छन् भने अर्काे पक्ष आवश्यकताअनुसार सुधार आवश्यक रहेको बताउँछन् । यहाँ एउटा गम्भीर ऐतिहासिक पक्ष जोड्नु जरुरी छ । संविधान निर्माणका क्रममा जनताको सुझाव लिन संवैधानिक समिति र विभिन्न विषयगत समिति गठन गरिएका थिए । संविधानसभाका सदस्यहरू देशभरिका निर्वाचन क्षेत्रमा पुगेर प्रश्नावलीमार्फत लाखौं सुझाव संकलन गरेका थिए ।

जनताले शासन स्वरूप, संघीयता, नागरिकता, समावेशीता, धर्म र संस्कृतिलगायत विषयमा विस्तृत राय दिएका थिए । तर ती सुझावलाई गम्भीर अध्ययन र विश्लेषण नगरी थन्काइएको आरोप व्यापक छ । धेरै सुझावलाई प्रक्रिया पूरा गर्नका लागि मात्र संकलन गरिएको र अन्तिम मस्यौदामा राजनीतिक दलहरूबीचको सहमति र शक्ति सन्तुलनलाई प्राथमिकता दिइएको आलोचना गरिन्छ । जनताको घरदैलोमा पुगेर सुझाव लिने ऐतिहासिक अभ्यासलाई संविधानमा जनस्वामित्व स्थापित गर्ने प्रयास भनिएको थियो । तर अन्तिम चरणमा ती सुझावहरूको व्यवस्थित अध्ययन, वर्गीकरण र समावेशीकरण नहुँदा संविधान जारी हुँदा नै असन्तुष्टि बढ्यो ।

मधेस आन्दोलन, थारू आन्दोलन र अन्य समुदायका मागहरू पूर्ण रूपमा सम्बोधन नभएको आरोप लाग्दै आएको छ । यदि ती सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी समावेश गरिएको भए आजको संशोधन बहस यति जटिल हुने थिएन । अहिलेको संशोधन प्रक्रियामा पनि यही गल्ती दोहोरिन नदिन आवश्यक छ । जनताका सुझाव, विज्ञका धारणा र राजनीतिक दलहरूको सहमतिबिना मात्र संख्याको बलमा संशोधन गर्नु लोकतान्त्रिक नहुनेछ ।

संविधान संशोधन सडकको राजनीति होइन, जिम्मेवार र दीर्घकालीन निर्णयको विषय हो । यसका लागि व्यापक छलफल, पारदर्शी प्रक्रिया र जनसहभागिता अपरिहार्य छ । संविधान संशोधन आवश्यक छ भने त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ । शासन स्थिरता, सुशासन, विकास र समावेशीता सुनिश्चित गर्ने दिशामा जानुपर्छ ।

प्रतिनिधिसभाको प्राथमिकतालाई मान्दै कुल सदस्य संख्याको आधारमा दुईतिहाइ गणना गर्ने दृष्टिकोण संविधानको भावनासँग मेल खाने देखिन्छ । तर यसलाई राजनीतिक स्वार्थपूर्तिका लागि दुरूपयोग गर्न पाइँदैन । अन्ततः संविधान जनताको दस्तावेज हो । यसको संशोधन पनि जनताको आकांक्षा र राष्ट्रिय सहमतिमा आधारित हुनुपर्छ । संविधान निर्माणका क्रममा थन्काइएका सुझावहरूको अध्ययनबाट पाठ सिक्दै अहिलेको प्रक्रियालाई पारदर्शी र समावेशी बनाउनु आजको आवश्यकता हो । तब मात्र संविधान संशोधनले मुलुकलाई स्थिरता र समृद्धितर्फ लैजान सक्नेछ  । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

विपद्को संकेत, पूर्वतयारीको आवश्यकता

१ घण्टा अगाडि
बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक