बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

विपद्को संकेत, पूर्वतयारीको आवश्यकता

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मौसम विभागले असोज ९ देखि ११ गतेसम्म १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ । दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा यस सूचीमा छन्ख। यो मात्र प्राविधिक सूचना होइन, नेपालको जोखिमपूर्ण भूगोल र जलवायु परिवर्तनको वास्तविकतासँग जोडिएको गम्भीर चेतावनी हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्छ ।
मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको आशंका छ भने कर्णालीमा
केही ठाउँमा भारी वर्षा हुन सक्ने देखिएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षासहित मेघगर्जन र चट्याङको सम्भावना छ । बंगाल खाडीको मध्य भूभागमा रहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने अनुमान छ ।
यसको प्रभाव बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा बढ्दै जाने देखिएको छ ।
रेड अलर्ट भनेको सामान्य चेतावनी होइन । यसले बाढी, पहिरो, हिमपहिरो र अचानक बाढीको उच्च जोखिम जनाउँछ । हिमाली जिल्लाहरूमा यो जोखिम झनै गम्भीर हुन्छ । हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको बाढी र हिमनदीसम्बन्धी घटनाहरूले देखाएको छ कि
हिमाली क्षेत्रमा सानो परिवर्तनले पनि ठूलो विनाश ल्याउन सक्छ । लाङटाङलगायतका क्षेत्रमा हिमनदीको अवस्था अनिश्चित छ । यस्तो बेला रेड अलर्टलाई बेवास्ता गर्नु आत्मघाती हुनेछ ।
नेपालमा मौसम पूर्वानुमानको क्षमता बढेको छ । विभागले समयमै अलर्ट जारी गर्नु सकारात्मक पक्ष हो । तर समस्या पूर्वानुमानमा होइन, तयारी र कार्यान्वयनमा छ । स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय र समुदायबीच समन्वय कमजोर हुँदा चेतावनी कागजमै
सीमित हुने गरेको छ । हिमाली जिल्लाहरूमा सडक अवरुद्ध हुने, स्वास्थ्य सेवा प्रभावित हुने र खाद्यान्न आपूर्ति रोकिएर मानवीय संकट गहिरिने सम्भावना उच्च छ । यस्ता क्षेत्रमा उद्धार सामग्री, सुरक्षित आश्रयस्थल र द्रुत सञ्चार प्रणालीको अभाव अझै कायमै छ ।
जलवायु परिवर्तनले नेपाललाई विशेष रूपमा प्रभावित गरिरहेको छ । हिमनदी पग्लने गति बढेको,
वर्षाको ढाँचा अनियमित भएको र चरम मौसमी घटना बढेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । यस्तो अवस्थामा मौसमी अलर्टलाई विकास योजना, विपद्  व्यवस्थापन र पूर्वाधार निर्माणसँग जोडेर हेर्न ुपर्छ । नदी किनारमा अव्यवस्थित बस्ती, कमजोर सडक र जथाभावी उत्खननले जोखिम थप बढाएको छ । सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ । हिमाली जिल्लाहरूमा प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउने, स्थानीय स्वयंसेवकलाई तालिम दिने र विपद् बीमा प्रणाली विस्तार गर्ने काम प्राथमिकतामा राख्नुपर्छ । नागरिक स्तरमा पनि सतर्कता आवश्यक छ । अनावश्यक यात्रा नगर्ने , नदी र खोला किनारबाट टाढा रहने, स्थानीय
प्रशासनको निर्दे शन पालना गर्ने र आपतकालीन सामग्री तयार राख्ने बानी बसाल्नुपर्छ । मिडिया र सामाजिक
सञ्जालले सही सूचना प्रवाह गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

१ घण्टा अगाडि
बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक