काठमाडौं । त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने भएका छन् ।
त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि बढीमा २२ दिन बिदा दिन सक्ने जनाएको छ ।


