सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

विष्णु खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नछोड्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विष्णु खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नछोड्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लोकगायक बद्री पंगेनीले विष्णु खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नछोड्न आग्रह गरेका छन् । खत्रीले नयाँ संस्था खोल्ने तयारी गरेपछि प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका पंगेनीले आफैँ लामो समय बसेको संस्था नछोड्न अनुरोध गरेका हुन् ।

उनले खत्रीलाई आफ्नो ‘भिजन’ लिएर आउन समेत भनेका छन् । “भिजन लिएर आउनुस्, महाधिवेशन हुँदै छ, बन्दसत्रमा छलफल गरौँला । हलले पारित गरेछ भने भिजन कार्यान्वयन हुन्छ,” प्रतिष्ठानको आसन्न महाधिवेशनबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “उहाँ मेरो मिल्ने साथी पनि हो । हामीले गीतसंगीतमा सहकार्य पनि गरेका छौँ । यही संस्थाको महासचिव भएर काम पनि गरिसक्नुभएको हो । सबै मिलेर अगाडि बढौँ भन्ने हाम्रो चाहना हो ।”

उनले छलफल गरेर सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए । योगदान गरेको व्यक्तिलाई संस्था र संस्थाका सदस्यले उचित कदर गर्ने उनले बताए ।

 

पंगेनीले चुनावी नतिजालाई भने सबैले स्वीकार गर्नुको विकल्प नरहेको स्पष्ट पारे । विगतमा खत्रीले अध्यक्षका लागि पंगेनीसँग प्रतिस्पर्धा गरेका थिए । उनले चन्द्र भण्डारी र रमेश बिजीसँग पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।

यता, खत्री नयाँ संस्था खोल्ने अन्तिम तयारीमा जुटिसकेका छन् । अबको एक हप्ताभित्र नयाँ संस्था गठन हुने उनले जानकारी दिएका छन् । आफूहरूको संस्थाले लोकदोहोरीसँगै संगीतका सबै विधालाई समेट्ने उनले बताएका छन् ।

विधान लेखनको तयारी भइरहेको र हप्ता दिनमा तदर्थ समिति घोषणा गरिने खत्रीले बाह्रखरीसँग बताएका छन् । नयाँ संस्थाको अध्यक्ष बमबहादुर कार्की हुने उनले जानकारी दिए ।

लोक तथा दोहोरीगीत प्रतिष्ठानमा केही सीमित व्यक्तिको ‘सिन्डिकेट’ रहेको टिप्पणी गर्दै उनले आफूहरूले गठन गर्ने संस्था पारदर्शी र सबैको साझा हुने बताए ।

यसैबीच, प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले संस्थालाई एकजुट बनाउने अधिकतम प्रयास रहने बताए । बाहिर रहेका भनिएका समूहलाई पनि ल्याएर आफू नेतृत्वबाट बाहिरिने तयारीमा रहेको उनले उल्लेख गरे । “बाहिर रहेको भनिएको समूहलाई पनि भित्र ल्याएर नेतृत्व छाडौँ भन्ने मेरो चाहना हो,” रमेशले स्पष्ट पारे, “संस्थालाई थप सवल र सक्षम बनाउने हाम्रो चाहना हो । यसका लागि म र मेरा अग्रज र यो संस्थाको सधैँ प्रयास रहनेछ ।”

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशन यही फागुन १२ देखि १४ गतेसम्म धादिङबेँसीमा हुँदै छ । प्रतिष्ठानको ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कुल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् ।

प्रतिष्ठानका अध्यक्ष बिजीले २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना प्रतिष्ठानमा आबद्ध रहेको जानकारी दिए ।

महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेशस्तरीय समिति र ७२ जिल्लास्तरीय समितिका एक हजार प्रतिनिधिको सहभागिता रहने अध्यक्ष बिजीले बताए । महाधिवेशन एवं २२औँ वार्षिक साधारणसभाको तयारी पूरा भएको उनले जानकारी दिए ।

अध्यक्ष बिजीले संस्थागततर्फबाट अध्यक्ष पदको आधिकारिक उमेदवार रीता थापा रहने बताए । “आउँदो महाधिवेशनमा अध्यक्षमा हाम्रो संस्थागत उमेदवार रीता थापा हो,” उनले भने, “रोलक्रमले पनि उहाँको पालो हो । त्यसैले हाम्रो उमेदवार उहाँ नै हो ।” यद्यपि, प्रजातान्त्रिक पद्धतिमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई रहेको उनले बताए ।

पदाधिकारीमा सकेसम्म सहमतिको प्रयास हुने भन्दै उनले समझदारी नजुटे निर्वाचन हुने स्पष्ट पारे । सदस्यका लागि धेरै आकांक्षी भएकाले निर्वाचनको विकल्प नरहेको रमेश बताउँछन् ।

यो पनि पढ्नुहोस्

शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

२२ मिनेट अगाडि
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक