बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा

विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा

१ दिन अगाडि
प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

१ दिन अगाडि
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले फिल्मको टिकट बुकिङ खुलाएका हुन् । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले सुरुवाती चरणमा देशभर १ सय ४ शो पाएको छ ।
फिल्मप्रति दर्शकको चासो बढिरहेका बेला मल्टिप्लेक्समा पाएको शो संख्यालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी अभिनेता विराज भट्ट र समीर भट्टको जोडी पर्दामा कस्तो देखिनेछ भन्ने कौतुहलता दर्शकमाझ छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ शो उपलब्ध गराएको छ भने मोफसलमा २२ शो दिएको छ । त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले देशभरका आफ्ना आउटलेटमा १६ शो दिएको छ ।

फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले ८ र बिग मुभिजले ३ शो उपलब्ध गराएका छन् । अन्य मल्टिप्लेक्सले भने अहिलेसम्म फिल्मको शो सार्वजनिक गरिसकेका छैनन् । आगामी दिनमा थप शो उपलब्ध हुने सम्भावना रहेकाले फिल्मको प्रदर्शन तालिका अझै बढ्न सक्नेछ ।

फिल्मका वितरक गोविन्द शाहीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले आज साझसम्ममा देशभरका हलहरूबाट ‘१२ गाउँ २’ले १५० भन्दा बढी शो पाउने दाबी गरेका छन् ।

‘१२ गाउँ २’ ले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ ।

एक्सनप्रधान दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ ।

फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ । महेश पौडेलले छायाङ्कन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । युग भुसाल र डीपी खनालको संगीत रहेको फिल्ममा रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले ‘१२ गाउँ २’ प्रति दर्शकको चासो बढाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक