बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले जनाएको छ ।

नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र पाँच किलोमिटर स्कुले छात्रछात्राको दौड हुनेछ ।

त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि प्रतियोगितामा समावेश छन्।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार ४२ किलोमिटरको पुरुष खुला म्याराथनमा व्यक्तिगत समय सुधार गर्न चाहने महिलालाई पनि विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा दौडिन चाहने पुरुष धावकलाई समेत समय मापनका लागि विद्युतीय चिप प्रदान गरिनेछ।

४२ किलोमिटर म्याराथनमा विभिन्न उमेर समूहका धावकको छुट्टै वरियताक्रम निकालिनेछ। ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो स्थानका आधारमा प्रोत्साहन गरिने गुरुङले बताए।

एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि निरन्तर रहनेछ। उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि समेत सहजीकरण गरिने आयोजकले जनाएको छ।

विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथनलगायत वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगिताका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए। दर्ताका लागि नेपालगन्ज म्याराथनको आधिकारिक वेबसाइट प्रयोग गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको म्याराथन

नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका दौड प्रतियोगितामध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो। सन् २०१५ देखि निरन्तर आयोजना हुँदै आएको म्याराथनले खेलकुदमार्फत शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

एघार वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि म्याराथन सुरु गरिएको हो। बहुजाति, धर्म र सम्प्रदायका मानिसको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको सूत्रमा बाँध्ने माध्यमका रूपमा प्रतियोगितालाई अघि बढाइएको आयोजकले जनाएको छ।

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले दौडलाई सामाजिक गतिविधि र संस्कृतिका रूपमा विकास गर्ने प्रयासको मूल्यांकनस्वरूप अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको बताए।

‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौँ,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई ऊर्जा दिनेछ। नेपाललाई विश्वभर चिनाउनेछ।’

नेपालगन्ज म्याराथनसँग जोडिएर अहिले करिब एक दर्जन भगिनी कार्यक्रम सञ्चालनमा छन्। स्कुले बालबालिकालाई जलवायु परिवर्तनका समस्याबारे सचेत गराउने र अनुकूलनका लागि प्रेरित गर्ने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि सञ्चालन हुँदै आएका छन्।

त्यस्तै, रातिको समयमा सुरक्षित रूपमा दौडिन सकिने वातावरण बनाउने उद्देश्यले नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन्। नेपाली सम्पदाको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि गत वर्षदेखि काठमाडौं २५ किमी हेरिटेज रेस सुरु गरिएको छ भने कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन पनि आयोजना हुँदै आएको छ।

संवाद र बहसको संस्कृति विकास गर्ने उद्देश्यले नेपालगन्ज डिस्कोर्सअन्तर्गत नेपालगन्ज कन्क्लेभका छ संस्करण सम्पन्न भइसकेका छन्। गत वर्ष एम्सको बोर्ड बैठकसँगै नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधि सहभागी थिए।

यस वर्षदेखि ‘वन ग्लोबल माइल’ अन्तर्गत कोहलपुर माइल पनि सुरु गरिँदै छ। आयोजकले नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशित गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

विश्वप्रसिद्ध धावक इलिउड किप्चोगेले उत्कृष्ट कीर्तिमानी बनाए

विश्वप्रसिद्ध धावक इलिउड किप्चोगेले उत्कृष्ट कीर्तिमानी बनाए

२ दिन अगाडि
नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक