बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

भूपी काव्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भूपी काव्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।

नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पुर्‍याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए ।

पुतलीबजार-७, स्याङ्जामा जन्मेका असफल गौतमका ‘सबैका सारथि संगी’ (जीवनी-२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजल सङग्रह-२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास-२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास-२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना-२०६९), ‘बिस्कुन’ (समालोचना-२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तक सङ्ग्रह-२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास-२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम-२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम-२०६०) प्रकाशित छन् ।

नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरी झण्डै चार दर्जन पुस्तक सम्पादन गरिसकेका उनका राष्ट्रिय-स्थानीय पत्रपत्रिकामा पाँचसय बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित छन ।

असफल रूना साहित्य पुरस्कार, सङ्घर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै झण्डै तीन दर्जन संघसंस्थाबाट विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष उनी सङ्घर्षमा कलम साहित्य समाजका संस्थापक अध्यक्ष हुन् ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका पूर्वअध्यक्षसमेत रहेका उनीसँग आदर्श समाज राष्ट्रिय दैनिकमा ग्राफिक डिजाइनर, रिपोर्टर तथा डेस्क सम्पादक भई काम गरेको अनुभव छ ।

उनी मानवअधिकार पत्रकार सङ्घ गण्डकीका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष रहेका छन् ।

आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना गरी शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सेवा गर्दै आएका असफल ऋषिराम स्मृति कोष, अभिभावक स्मृति कोष र गौरीमाया स्मृति छात्रवृत्ति कोषका संस्थापकसमेत हुन् ।

विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् ।

उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहलाई नेपाली कविताको विशिष्ट कृति मानिन्छ । उक्त कृतिले २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।

भूपी शेरचनको ९१औं जयन्ती समारोहबीच यही १० पुसमा पोखरामा असफललाई पुरस्कार अर्पण गरिने थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी गराए ।

भूपी शेरचनको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

२ हप्ता अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक