काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् विस्तार जारी रहेकाे छ ।
आज दुई जना नयाँ मन्त्रीले शपथ ग्रहण गर्ने तयारी भएको हाे । शपथका लागि मनोनीत गृह मन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकाे थियाे ।
दिउँसो ३ बजेका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम प्राविधिक कारणले झन्डै डेढ घण्टा ढिला गरी सुरु हुने भएको हाे ।
राष्ट्रपति कार्यालयमा आवश्यक औपचारिक तयारी ढिलो हुँदा कार्यक्रम निर्धारित समयभन्दा पछाडि सरेको हो । प्रधानमन्त्रीको सिफारिसमा भएको मन्त्रिपरिषद् विस्तारसँगै नयाँ मन्त्रीहरूको आगमनलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।
विशेषगरी गृह मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको नयाँ नियुक्तिले सरकारको प्राथमिकता र आगामी कार्यदिशाबारे समेत संकेत गर्ने विश्लेषण गरिएको छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहने बताइएको छ । नयाँ मन्त्रीद्वयको शपथपछि मन्त्रिपरिषद् पुनर्गठन औपचारिक रूपमा पूर्ण हुने अपेक्षा गरिएको छ ।


