काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने भएकाे छ ।
सुकुन्दा साहित्य पाः लाःका अध्यक्ष प्रशान्त डंगोलले सुकुन्दा साहित्य पाःलाः इतिहास बोकेको पत्रिका भएकोकोले यस्लाई पुनः जीवन दिन आफूहरु लागेको जानकारी गराए।
रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले रत्न राज्यको साहित्यिक मुख पत्रिकामा आ–आफ्नो प्रतिभा सीप, अनुभव प्रस्फुटन गर्ने उचित माध्यम रहेकोले समय सान्दर्भिक लेख रचनाहरु समाबेश गरिएकाे छ ।
विद्यार्थीको प्रतिभालाई तिखार्दै लैजाने उद्देश्यले आफूहरुले सुकुन्दा साहित्य पाःलाः ९ अौं अंक प्रकाशनमा ल्याउन लागेकाे हाे ।
सुकुन्दाकाे प्रमुख उद्देश्य नेपालभाषा, कला, साहित्य र संस्कृतिको उत्थान तथा युवा विद्यार्थीहरूमा भाषिक चेतना र साहित्य सिर्जनाको विकास गर्नु हाे ।
सुकुन्दा साहित्य पाःलाः चार दशक पूरानाे वि.सं २०३१ (ने.सं ११०१) मा स्थापना भएको गाैरवमय इतिहास बाेकेकाे संस्था हाे । यो संस्था तत्कालीन समयमा भाषा अधिकार र राजनीतिक चेतनाको महत्वपूर्ण केन्द्र थियो।


