बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सक्षम नेपाल
ज्ञानेश्वरकाे आयोजनामा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

फरक क्षमता भएका व्यक्तिहरूको क्षमता, सीप तथा प्रतिभाको विकास र सामाजिक समावेशीकरणका लागि निरन्तर कार्यरत संस्था सक्षम नेपाल को आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोगमा सञ्चालित ६ दिने “ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम”  भएकाे थियाे ।

गत जेठ २० गतेदेखि २५ गतेसम्म ज्ञानेश्वरस्थित प्राइम फुटसलमा दैनिक मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा १२ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूले ब्लाइन्ड फोल्डको प्रयोगमार्फत ब्लाइन्ड फुटबलका आधारभूत सीप, खेलका नियम, प्रविधि तथा खेल सञ्चालनसम्बन्धी विविध पक्षहरूको व्यावहारिक अभ्यास गरेका थिए।

कार्यक्रमको समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्री दलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्य मनोजकुमार डंगोल, शर्मिला श्रेष्ठ, वडा सचिव देवराज जोशी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक सन्देशकृष्ण श्रेष्ठ र सत्यमान लामा रहनुभएको थियो भने सहायक प्रशिक्षकका रूपमा राजेश खड्गी र बिरु कमल श्रेष्ठ ले सहजीकरण गर्नुभएको थियो।

प्रशिक्षण समापनको अवसरमा रातो र निलो टोलीबीच मैत्रीपूर्ण ब्लाइन्ड फुटबल खेल आयोजना गरिएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा निलो टोलीले १–० गोल अन्तरले विजय हासिल गर्‍यो। निलो टोलीका शंकर थिङ ले गरेको निर्णायक गोल नै खेलको जित सुनिश्चित गर्ने आधार बन्यो।
कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, अनुशासित खेलाडीका रूपमा सन्देश स्याङ्बो लाई नगद रु. १,००० सहित सम्मान गरिएको थियो भने विजयी गोलकर्ता शंकर थिङ लाई पनि नगद रु. १,००० सहित विशेष सम्मान प्रदान गरिएको थियो।

सहभागी खेलाडी किरण दाहाल ले यस्ता कार्यक्रमहरूले दृष्टिविहीन खेलाडीहरूमा आत्मविश्वास, उत्साह र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै काठमाडौं महानगरपालिका वडा नं. ३० तथा सक्षम नेपालप्रति आभार व्यक्त गर्नुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष दलबहादुर कार्की ले फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद विकास तथा क्षमता अभिवृद्धिका लागि वडा सधैं सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सक्षम नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै यस्ता रचनात्मक तथा समावेशी कार्यक्रमहरूलाई प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सहभागी खेलाडीहरूको लगनशीलता, अनुशासन र खेलप्रतिको समर्पणको प्रशंसा समेत गर्नुभयो।

त्यसैगरी, सक्षम नेपालका अध्यक्ष बिरु कमल श्रेष्ठ ले वडाको सहयोगमा पहिलोपटक ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रशिक्षक, खेलाडी, सहयोगी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता समावेशी तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

“दृष्टिविहीनता कमजोरी होइन, फरक क्षमता हो” भन्ने मूल सन्देशका साथ सम्पन्न उक्त कार्यक्रमले दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूको खेलकुद सहभागिता, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक समावेशीकरणलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

यो पनि पढ्नुहोस्

थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

२ घण्टा अगाडि
विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे

विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक