शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि ‘आक्रमण प्रयास’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ट्रम्पमाथि चार आपराधिक मुद्दाको सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक ‘आक्रमण प्रयास’ भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् । अधिकारीहरूका अनुसार गल्फ कोर्सको झाडीबाट एक जनाले एके-४७ राइफल ताक्दै गरेको देखेपछि अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूले सन्दिग्ध व्यक्तिमाथि गोली हानेका थिए । ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

र्‍यान वेस्ले राउथ नाम गरेका थी व्यक्ति युक्रेनी समर्थक रहेको र सामाजिक सञ्जालमा ‘षड्यन्त्रकारी’ पोस्टसमेत गरेको पाइएको छ । एफबीआईका अनुसार ती व्यक्ति लुकेको ठाउँबाट पूर्वराष्ट्रपति ट्रम्प २७५ देखि ४५५ मिटरको दूरीमा थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सिक्रेट सर्भिसका एजेन्टले केही राउन्ड फायरिङ गरेपछि सन्दिग्ध व्यक्ति झाडीबाट बाहिर निस्केर कारमा चढेका थिए । पछि सुरक्षाकर्मीले कारलाई मार्टिन काउन्टीमा रोकेर उनलाई हिरासतमा लिएका हुन् । घटनापछि ट्रम्पले भनेका छन्, ‘मेरो गतिलाई कसैले रोक्न सक्ने छैन ।

म कहिल्यै हार मान्दिनँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा राजनीतिक वा अन्य कुनै हिंसालाई स्थान नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘मैले पहिले पनि धेरै पटक भनेको छु- अमेरिकामा राजनीतिक वा अन्य कुनै प्रकारका हिंसालाई स्थान छैन । ‘त्यस्तै उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिसले समेत अमेरिकामा हिंसालाई कुनै स्थान नभएको बताएकी छिन् ।

यसअघि गत जुलाई १४ मा पेन्सिलभेनियामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा सामान्य चोट लागेको थियो । उक्त घटनालाई ट्रम्पको हत्या प्रयासका रूपमा हेरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

३२ मिनेट अगाडि
सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक