काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेको छन् ।
रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल स्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजि सचिवालयले जनाएको छ ।
निजी तथा पारिवारिक तीर्थाटनका क्रममा हुन लागेको यस भ्रमणबारे पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराइएको सचिवालयले जनाएको छ।


