बिहि, कार्तिक ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ककरोच जनता पार्टी (सिजेपी) का नेता सौरव दास र आशुतोष रंका बुधबार तिहाड जेलबाट रिहा भएका छन्।

शान्ति कायम राख्ने लिखित प्रतिबद्धता जनाएपछि विशेष कार्यकारी मजिस्ट्रेट (एसईएम) ले उनीहरूलाई रिहा गर्न आदेश दिएको इन्डिया टूडेले जनाएको छ।

एसईएमका रूपमा कार्यरत एसीपी रितु राजले उनीहरूको न्यायिक हिरासत तीन दिन थप्न प्रहरीले गरेको माग अस्वीकार गरे। शान्ति भंग हुने आशंकालाई व्यक्तिगत धरौटी र लिखित प्रतिबद्धताले सम्बोधन गर्न सक्ने उनको भनाइ थियो।

दुवै नेताले अनुसन्धान पूरा नहुँदासम्मका लागि जनही ५० हजार भारुको व्यक्तिगत धरौटी र जमानत पेस गरेका छन्। उनीहरूको रिहाइ दिल्ली उच्च अदालतमा हिरासत थप्ने निर्णयविरुद्ध दायर गरेको निवेदन फिर्ता लिएको केही घण्टापछि भएको हो।

मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको र मतदाताको नाम हटाइएको आरोप लगाउँदै दास र रंकाले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आएका छन्।

रिहाइका लागि अदालतले राखेका सर्त

दास र रंकाले छुट्टाछुट्टै लिखित प्रतिबद्धतामार्फत शान्ति भंग नगर्ने र एसईएमको अदालतसहित न्यायपालिकाप्रति विश्वास कायम राख्ने बताएका छन्।

जंतरमंतरलाई प्रदर्शनस्थलका रूपमा पुनः तोकिएको अवस्था नरहेसम्म त्यहाँ प्रदर्शनका लागि आह्वान नगर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। आफूहरूले गर्ने कुनै पनि प्रदर्शन संविधानको सीमाभित्र रहेर गर्ने पनि उनीहरूले बताएका छन्।

यी प्रतिबद्धतालाई ध्यानमा राख्दै मजिस्ट्रेटले थप न्यायिक हिरासत आवश्यक नरहेको ठहर गरे। दुवै नेताले प्रत्येक सुनुवाइमा उपस्थित हुनुपर्ने र धरौटी तथा लिखित प्रतिबद्धताका सर्त पालना गर्नुपर्नेछ।

अर्को सुनुवाइ अक्टोबर २३ मा दिउँसो ३ बजेका लागि तोकिएको छ। उक्त दिन दुवै नेता र उनीहरूका जमानतकर्ताहरू उपस्थित हुनुपर्नेछ।

प्रहरीले मागेको थियो थप हिरासत

शान्ति भंग हुने जोखिम कायमै रहेको भन्दै प्रहरीले उनीहरूको न्यायिक हिरासत तीन दिन थप्न माग गरेको थियो।

अदालतमा दिएको बयान, सञ्चारमाध्यममा व्यक्त गरेको धारणा र लिखित जवाफमा उनीहरूको भनाइ परस्पर विरोधाभासी रहेको प्रहरीको आरोप थियो।

अघिल्लो सुनुवाइपछि दास र रंकालाई तिहाड जेल लैजाँदै गर्दा सिजेपीका अर्का सदस्यले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले एसईएम अदालतको अधिकारलाई कमजोर बनाएको आरोप पनि प्रहरीले लगाएको थियो।

यसमा दास र रंकाका वकिलले निःसर्त माफी माग्दै आगामी दिनमा त्यस्तो व्यवहार नदोहोरिने आश्वासन दिएको इन्डिया टूडेले जनाएको छ।

सिजेपीकी कानुनी प्रमुख रत्ना सिंहले रिहाइको निर्णयको स्वागत गरिन्। यो निर्णय पहिले नै हुनुपर्ने उनको भनाइ थियो।

‘तर ढिलो भए पनि निर्णय आएको छ,’ उनले सञ्चारकर्मीसँग भनिन्। उनले पार्टीका सदस्यहरू भावुक भएको र दुवै नेतासँग भेट्न आतुर रहेको बताइन्।

भविष्यमा धरौटी वा प्राविधिक कारणले कसैको स्वतन्त्रता कुण्ठित नहोस् भन्ने आशा पनि उनले व्यक्त गरिन्।

किन पक्राउ परेका थिए दास र रंका?

दास र रंकालाई अक्टोबर १० मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। उनीहरू कुमारविरुद्ध प्रदर्शन गर्ने तयारीमा थिए।

संसद मार्ग प्रहरीले बीएनएसएसको धारा १२६ र १७० अन्तर्गत शान्ति कायम गराउने उद्देश्यले कारबाही अघि बढाएको थियो। त्यस दिन जनही ५० हजार भारुको शान्ति धरौटी पेस गरेपछि उनीहरू रिहा भएका थिए।

अक्टोबर १४ मा तिरंगा मार्चका क्रममा जंतरमंतरमा प्रवेश गरेको र यसअघि पेस गरेको शान्ति धरौटीको सर्त उल्लंघन गरेको आरोपमा उनीहरूलाई पुनः पक्राउ गरिएको थियो।

त्यसपछि उनीहरूलाई सुरुमा पाँच दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो। अक्टोबर १९ मा हिरासत अवधि थप दुई दिन बढाइएको थियो ।

यो पनि पढ्नुहोस्

एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन

एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन

६ घण्टा अगाडि
कायरोमा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

कायरोमा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त

सिजेपीका नेता सौरव दास र आशुतोष रंका रिहा

प्रविनको “मायामा मायामा” रोमाण्टिक देखिए बिना र राजेश (  भिडिओ ) 

राजसंस्था छलकपटबाट फालिएको

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्यायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक