काठमाडौँ– स्वतन्त्र प्रदेश सभा सांसद दीपक मनाङे ९राजीव गुरुङ०लाई एकीकृत समाजवादी ९नेकपा एस०ले औपचारिक स्वागत गरेर पार्टी प्रवेश गराएको छ।
मंगलबार दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका महासचिव बेदुराम भुषालले मनाङेलाई स्वागत गरेका हुन्।
कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका थिएनन्। गुरुङलाई पार्टीमा स्वागत गरिसकेपछि उनले जारी गरेको विज्ञप्ति पढेर सुनाइएको थियो।
नेकपा एससँग आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले पार्टी प्रवेश गरेको तथा अब सोही पार्टीमै रहेर निस्वार्थ रुपमा जनताको सेवामा खट्ने विज्ञप्तिको सार संक्षेप थियो।
विज्ञप्तिमा धेरै विषयवस्तु समावेश नभएको भन्दै पत्रकारले गुरुङलाई थप जिज्ञासा राख्न खोज्दा उनी बोल्न चाहेका थिएनन्। पार्टी प्रवेश गर्नुको कारण र उद्देश्यबारे थप प्रष्ट्याउन माग गर्दा गुरुङले भने, ‘म बोल्न नचाहेर बोलेको होइन, सबै विषय विज्ञप्तिमा छ।’
तर, सञ्चारकर्मीको आग्रहपछि प्रश्नको जवाफ फर्काए। चुनावपछि नेकपा एसमा प्रवेश गर्नुको कारण, अबको भूमिका र जिम्मेवारी, पार्टीमा गुरुङको कस्तो योगदान रहन्छलगायत विषयमा सोधिएका प्रश्नमा गुरुङले अत्यन्तै छोटा र सिधा जवाफ फर्काएका थिए।
यस्ता छन् पत्रकारका प्रश्नमा गुरुङले दिएका जवाफः
स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेर पार्टी प्रवेश गर्दा जनमतको अपमान हुँदैन?
– यो मैले एक्लै लिएको निर्णय नभइ जिल्लाका युवा साथीसँग सल्लाह गरेर लिएको निर्णय हो, जनमतको अपमान हुँदैन।
चुनावमा लड्दा पार्टी नचाहिने अहिले चाहिने, मुख्यमन्त्री, मन्त्री वा अन्य पदको लागि बार्गेनिङ क्षमता बढ्छ भनेर हो?
– मेरो लागि मन्त्री पद ठूलो विषय होइन, यसअघि पावरफूल मन्त्रालयको अफर आउँदासमेत मैले युवा तथा खेलकूद मन्त्रालय रोजेको हो।
गठबन्धनमा आवद्ध दलभन्दा बाहिर बसेर मन्त्री हुन पाइँदैन भन्ने तपाईंलाई लागेको हो?
– गठबन्धनभन्दा बाहिर बस्नै पर्दैन। हामी आफै गठबन्धनमा छौँ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि पार्टी प्रवेश गर्नुभएको हो?
– मुख्यमन्त्री मलाई दिए पनि काम छैन, त्यसको लागि अनुभव चाहिन्छ, जुन मसँग छैन। पद नपाए पनि अब अन्य पार्टी प्रवेश गर्दिनँ।
नेकपा एसमा प्रवेश गर्नुभयो, यहाँ के सिक्नुहुन्छ?
– समाजवादी पार्टीबाट मैले के सिक्नु छ ररु म स्कुल आएको हो र?
तपाईं अहिले नेकपा एसमा प्रवेश गर्नुभन्दा एक डेढ महिनाअघि गरिदिएको भए सजिलै राष्ट्रिय पार्टी बन्थ्यो होला नि?
–समयभन्दा अघि कोही पनि जान सक्दैन, पहिले पार्टी प्रवेश गरेको भए राजनीतिक समस्या आउँथ्यो। यो मेरो समस्या नभइ सत्ता गठबन्धन र एमालेको समस्या हो।
नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउने जिम्मेवारी त तपाईंको काँधमा पनि आयो त अब?
– म भन्दा ठूला–ठूला उम्मेदवार हुँदा त बनेन भने मैले गरेर के हुन्छ होला?