शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दीपक मनाङेका सात जवाफ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दीपक मनाङेका सात जवाफ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– स्वतन्त्र प्रदेश सभा सांसद दीपक मनाङे ९राजीव गुरुङ०लाई एकीकृत समाजवादी ९नेकपा एस०ले औपचारिक स्वागत गरेर पार्टी प्रवेश गराएको छ।

मंगलबार दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका महासचिव बेदुराम भुषालले मनाङेलाई स्वागत गरेका हुन्।

कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका थिएनन्। गुरुङलाई पार्टीमा स्वागत गरिसकेपछि उनले जारी गरेको विज्ञप्ति पढेर सुनाइएको थियो।

नेकपा एससँग आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले पार्टी प्रवेश गरेको तथा अब सोही पार्टीमै रहेर निस्वार्थ रुपमा जनताको सेवामा खट्ने विज्ञप्तिको सार संक्षेप थियो।

विज्ञप्तिमा धेरै विषयवस्तु समावेश नभएको भन्दै पत्रकारले गुरुङलाई थप जिज्ञासा राख्न खोज्दा उनी बोल्न चाहेका थिएनन्। पार्टी प्रवेश गर्नुको कारण र उद्देश्यबारे थप प्रष्ट्याउन माग गर्दा गुरुङले भने, ‘म बोल्न नचाहेर बोलेको होइन, सबै विषय विज्ञप्तिमा छ।’

तर, सञ्चारकर्मीको आग्रहपछि प्रश्नको जवाफ फर्काए। चुनावपछि नेकपा एसमा प्रवेश गर्नुको कारण, अबको भूमिका र जिम्मेवारी, पार्टीमा गुरुङको कस्तो योगदान रहन्छलगायत विषयमा सोधिएका प्रश्नमा गुरुङले अत्यन्तै छोटा र सिधा जवाफ फर्काएका थिए।

यस्ता छन् पत्रकारका प्रश्नमा गुरुङले दिएका जवाफः

स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेर पार्टी प्रवेश गर्दा जनमतको अपमान हुँदैन?

– यो मैले एक्लै लिएको निर्णय नभइ जिल्लाका युवा साथीसँग सल्लाह गरेर लिएको निर्णय हो, जनमतको अपमान हुँदैन।

चुनावमा लड्दा पार्टी नचाहिने अहिले चाहिने, मुख्यमन्त्री, मन्त्री वा अन्य पदको लागि बार्गेनिङ क्षमता बढ्छ भनेर हो?

– मेरो लागि मन्त्री पद ठूलो विषय होइन, यसअघि पावरफूल मन्त्रालयको अफर आउँदासमेत मैले युवा तथा खेलकूद मन्त्रालय रोजेको हो।

गठबन्धनमा आवद्ध दलभन्दा बाहिर बसेर मन्त्री हुन पाइँदैन भन्ने तपाईंलाई लागेको हो?

– गठबन्धनभन्दा बाहिर बस्नै पर्दैन। हामी आफै गठबन्धनमा छौँ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि पार्टी प्रवेश गर्नुभएको हो?

– मुख्यमन्त्री मलाई दिए पनि काम छैन, त्यसको लागि अनुभव चाहिन्छ, जुन मसँग छैन। पद नपाए पनि अब अन्य पार्टी प्रवेश गर्दिनँ।

नेकपा एसमा प्रवेश गर्नुभयो, यहाँ के सिक्नुहुन्छ?

– समाजवादी पार्टीबाट मैले के सिक्नु छ ररु म स्कुल आएको हो र?

तपाईं अहिले नेकपा एसमा प्रवेश गर्नुभन्दा एक डेढ महिनाअघि गरिदिएको भए सजिलै राष्ट्रिय पार्टी बन्थ्यो होला नि?

–समयभन्दा अघि कोही पनि जान सक्दैन, पहिले पार्टी प्रवेश गरेको भए राजनीतिक समस्या आउँथ्यो। यो मेरो समस्या नभइ सत्ता गठबन्धन र एमालेको समस्या हो।

नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउने जिम्मेवारी त तपाईंको काँधमा पनि आयो त अब?

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

५ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे दोस्रो चरण प्रशिक्षण कार्यक्रम सुरु

५ घण्टा अगाडि

– म भन्दा ठूला–ठूला उम्मेदवार हुँदा त बनेन भने मैले गरेर के हुन्छ होला?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक