काठमाडौं । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह चित्रित छन् । उनीहरुको लुक्स पृथक छ ।
आर्यन र पलको उन्मत्त हाँसो देखिन्छ भने प्रदीप ओठ टोकेर आँखा सन्काउँदै कमेडी अन्दाजमा प्रस्तुत छन् । फर्स्टलुक पोस्टर सार्वजनिक गरेसँगै फिल्मको छायांकनका लागि निर्माण टिम आइतबार कास्कीको कास्कीकोटतर्फ प्रस्थान गरेको छ ।
फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली आदिको पनि अभिनय रहनेछ । यो फिल्ममा ‘प्रकाश’ लेखक विकास सुवेदीको लेखन छ ।


