काठमाडौं । इन्द्रायणी परिवार क्लवकाे आयाेजक तथा कीपू वडा २ कार्यालय सह-आयोजनामा ‘द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६’ आज हुने भएकाे छ।
हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो सम्पदा—संरक्षण र प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता ” का साथ स्थानीय मौलिक कला, नेवाः संस्कृति, परम्परागत संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, संस्कार र सम्पदासँग जोड्ने उद्श्य रहेकाे छ ।
साे सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूबाट विविध मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिनेछन्।
यसले स्थानीय पहिचानलाई जीवन्त राख्नुका साथै पुस्तान्तरण हुँदै आएको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ आज साँझ ५:०० बजेदेखि राति १०:०० बजेसम्म हुन लागेकाे हाे ।


