बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जता जता केपी बा उता उता बबण्डर किन होला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– निमकान्त पाण्डे

विपक्षी दल नेकपा एमालेको हालै सञ्चालित मध्यपहाडी संकल्प यात्राको क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली कोशी प्रदेश पुग्दा माहोल अशान्त बन्यो । ओली नेतृत्वको टोलीलाई पूर्वमन्त्री तथा पहिचानवादी नेता गोपाल किरातीसहितको समूहले अवरोध गरेको थियो । अध्यक्ष ओलीमाथि त एक जना व्यक्तिले हातपातको प्रयास नै गरे । यस क्रममा केही व्यक्ति पक्राउ परे । यो घटनाले पंक्तिकारलाई शीर्ष नेताहरुमाथि दुव्र्यवहार भएका केही घटना याद दिलायो । असन्तुष्ट पक्षले नेपालका शीर्ष नेतामाथि आक्रमण गरेका थुप्रै घटना छन् । २०५१ सालमा सभामुख रहेका कांग्रेस नेता रामचन्द्र पौडेलमाथि एमाले सांसद गोल्छे सार्कीले जुत्ता प्रहार गरेका थिए । तिनै पौडेल अहिले राष्ट्रपति छन् ।

जनयुद्ध गरेर राष्ट्रिय राजनीतिमा आएका र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि २०६९ मंसिरमा माओवादी कार्यकर्ताले नै दुव्र्यहार गरेका थिए । उनीमाथि २०७६ फागुनमा जुत्ता प्रहार पनि भएको थियो । हाल नेकपा एसका नेता रहेका झलनाथ खनालमाथि २०६७ मा सुनसरीमा आयोजित कार्यक्रममा स्थानीयले हातपातको प्रयास गरेका थिए । उनीहरुमात्रै होइनन्, डा। बाबुराम भट्टराई, हालका उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्कालगायतका नेतामाथि जुत्ता प्रहार भएको थियो । विभिन्न समयमा नेताहरुमाथि जुत्ता प्रहार हुनेदेखि दुव्र्यवहारका घटना भएका देखिन्छन् । अहिले त राजनीतिक दल र जनताको सहभागिता ल्याइएको संघीय व्यवस्थामाथि नै विभिन्न प्रश्न निम्तिएका छन् । विरोध प्रदर्शन बढ्न थालेका छन् । आखिर नेताहरुमाथि आक्रोश र दुव्र्यवहारको घटना किन बढिरहेका छन् त रु यसको सामान्य उत्तरको रुपमा जनतामा बढिरहेको निराशालाई एउटा कारण मान्न सकिन्छ ।

नेपालका शीर्ष नेताहरु, जो करिब ३ दशकदेखि देशको निर्णायक शक्ति र जिम्मेवारीको भूमिका छन्, उनीहरु नै हालसम्म देशको अवस्थाका लागि पनि उत्तिकै जिम्मेवार छन् । उनीहरुको अक्षमता, अकर्मण्यता र देशद्रोही निर्णय र सन्धिसम्झौताको असर देश र जनताले भोगिरहेको छ । त्यसको आक्रोशको रुपमा बेलाबेलामा शीर्ष नेतामाथि दुव्र्यवहार हुने गरेको छ । नेताहरुमाथि आक्रोशको यो सुरुवात ५० को दशकदेखि नै सुरु भएको थियो । देशमा बहुदलीय व्यवस्था सुरु भए पनि त्यसलाई राजनीतिक दलले उपयोग गर्न सकेनन् । बरु सत्ता र शक्तिको छिनाझपटीले राजनीति अस्थिर बन्यो । संसदीय विकृति देखापरे । त्यति नै बेला महाकाली सन्धिजस्ता अलोकप्रिय र भारतलाई फाइदा हुने सन्धि नेपालका नेताहरुले गरे । यो सन्धिको मुख्य समर्थक थिए, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधव नेपाल र रामचन्द्र पौडेल ।

भारतले आफ्नो फाइदाका लागि गरेको सन्धिमा हस्ताक्षर गर्नु ठूलो देशविरोधी काम थियो । तर, भारतपरस्त नेताहरुले यो सन्धिबाट नेपाललाई पर्न सक्ने दीर्घकालीन असरलाई बेवास्ता गरे । तिनै शीर्ष नेताहरु अहिले पनि नेपालको राजनीतिमा सक्रिय छन् । महाकाली सन्धिदेखि नै राजनीतिबाट लखेटिनुपर्ने पात्रहरु देशको निर्णायक राजनीतिक व्यक्तित्व बन्न पुगेका छन् । त्यही कारणले नेपालको राजनीति गलत गन्तव्यतर्फ धकेलिइरहेको छ, जनताका समस्या चुलिएका छन् । देशको अस्मिता नै खतरा उन्मुख भइरहेको छ । महाकाली सन्धिका मुख्य पात्रहरु देउवा, नेपाल, ओली र पौडेलसँग अहिले प्रचण्ड पनि जोडिन आएका छन् । देशमा राजतन्त्र अन्त्य र संघीयता स्थापनामा मुख्य भूमिकामा यी नेताहरु सहभागी त भए, तर यसबीचमा देशविरोधी निर्णयहरुमा पनि उत्तिकै भागिदारी निर्वाह गरेका छन् । पछिल्लो समय अमेरिकासँग भएको एमसीसी सम्झौतालाई त्यसको उदाहरण मान्न सकिन्छ ।

जनताको तीव्र विरोधबीच पनि शीर्ष नेताहरुले अमेरिकी सक्रियता बढाउने एमसीसीलाई नेपाललाई कार्यान्वयन गर्न संसदबाट प्रस्ताव नै पारित गराए । विगतमा गरिएको महकाली सन्धिले केवल भारतलाई फाइदा ग¥यो । कोशी र गण्डक सम्झौताबाट पनि नेपालले खाली हात मात्र पायो । त्यसैले ओलीले पछिल्लो समय महाकाली सन्धिको क्रममा गल्ती गरेको स्वीकारे । तर, स्वीकारोक्तिमा निकै ढिला भइसकेको थियो । अहिले एमसीसीको सवालमा पनि त्यही अवस्था नआउला भन्न सकिन्न । यसबीचमा देशको अवस्थामा कुनै सुधार आउन सकेको छैन । चरम बेरोजगारीका कारण युवा विदेशिन बाध्य छन् ।

कृषक, श्रमिकको जीवनस्तर अत्यन्तै दयनीय छ । आयात चुलिँदो छ । देश हरेक वस्तुका लागि परनिर्भर छ । भ्रष्टाचार, दण्डहीनता बढेको बढ्यै छ । निश्चित वर्गको सत्ता र शक्तिको लाभ लिएर मोटाएका छन् । यही कारण शीर्ष नेता, राजनीतिक दल र अहिलेको व्यवस्थाप्रति नै जनस्तरमा आक्रोश बढ्दै छ । यसले नयाँ राजनीतिक दलप्रति केहीलाई आकर्षित गरेको छ । देश, जनता र आफ्नै राजनीतिक भविष्यप्रति बञ्चरो हान्ने शीर्ष नेताको क्रियाकलापले देश र जनताप्रति त धोका भैरहेकै छ, नेताकै भबिष्य पनि अशुरक्षित र अन्यौलग्रस्त हुने निश्चित छ, आगे नेताजीलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

११ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक