मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

धारणा न्यूज by धारणा न्यूज
१७ मिनेट अगाडि
Reading Time: 1 min read
0
परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको पश्चिम बंगालमा नौ कक्षाको अर्धवार्षिक परीक्षामा राम्रो अंक ल्याएपछि १५ वर्षीय एक विद्यार्थीले बुबाबाट करिब साढे तीन करोड रुपैयाँ मूल्यको बीएमडब्ल्यू कार उपहार पाएका छन्।

कक्षा ९ मा अध्ययनरत मोहम्मद तल्हालाई उनका बुबा शमसुद्दीन मिद्याले बीएमडब्ल्यू एम४ कम्पिटिसन कार दिएका हुन्। उक्त कारको मूल्य दुई करोड ३० लाख भारतीय रुपैयाँ अर्थात् करिब तीन करोड ६८ लाख ५५ हजार नेपाली रुपैयाँ पर्छ।

आजतकका अनुसार पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लास्थित गलसी क्षेत्रको पराज गाउँमा शमसुद्दीन परिवारसहित बस्छन्। उनका छोरा तल्हा स्थानीय विद्यालयमा अध्ययनरत छन्। बुबाका अनुसार तल्हाले लामो समयदेखि बीएमडब्ल्यू एम४ कम्पिटिसन कार चढ्ने इच्छा राख्दै आएका थिए। उनले धेरै पहिले नै ‘अब्बा, मलाई बीएमडब्ल्यू चाहिन्छ’ भनेका थिए। अर्धवार्षिक परीक्षामा राम्रो नतिजा आएपछि शमसुद्दीनले छोराको इच्छा पूरा गर्ने निर्णय गरे। त्यसपछि उनी मुम्बई गएर अन्धेरीस्थित एक गाडी बिक्री केन्द्रबाट नयाँ बीएमडब्ल्यू एम४ कम्पिटिसन किने। गत शुक्रबार विशेष कन्टेनरमा राखेर उक्त कार पराज गाउँ पुर्‍याइएको थियो।

शमसुद्दीनको संघर्षको कथा पनि रोचक छ। अहिले उनी सफल चामल व्यापारीका रूपमा चिनिन्छन्। तर कुनै समय उनी मुम्बईको फिल्म उद्योगमा लाइट म्यानका रूपमा काम गर्थे। सन् २००३ मा रोजगारीको खोजीमा मुम्बई पुगेका उनी करिब सात वर्ष त्यहाँ बसे। त्यसपछि सन् २०१० मा गाउँ फर्किएर चामलको व्यापार सुरु गरे। सुरुमा सानो स्तरबाट थालेको व्यवसायलाई उनले विस्तार गर्दै लगे।

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

शमसुद्दीनलाई महँगा गाडीको शौक छ। उनीसँग यसअघि नै रेन्ज रोभर, भोल्भो, महिन्द्रा थार र हुन्डाई अल्काजारजस्ता गाडी छन्। अब उनको गाडीको संग्रहमा बीएमडब्ल्यू एम४ कम्पिटिसन पनि थपिएको छ। उनका धेरै गाडीको दर्ता नम्बरको अन्तिम तीन अंक ५५५ छन्। बलिउड अभिनेता शाहरुख खानका गाडीमा पनि यही नम्बर प्रयोग हुने गरेको छ।

उनी आफ्नो सफलताको श्रेय भगवानलाई दिन्छन्। शमसुद्दीनले आफ्नो मेहनत र सफलतामा भगवानको कृपा रहेको बताउने गरेका छन्। उनका अनुसार उनी आवश्यक परेका मानिसलाई सहयोग पनि गर्छन्। कतिपय अवस्थामा कसैलाई जानकारी नै नदिई गोप्य रूपमा सहयोग गर्ने गरेको उनले बताएका छन्।

१५ वर्षीय तल्हाका लागि बीएमडब्ल्यू उपहार पाउनु सपना पूरा भएजस्तै हो। तर उमेर नपुगेका कारण उनी अहिले आफैँ गाडी चलाउन सक्दैनन्। उनीसँग सवारी चालक अनुमतिपत्र पनि छैन। तल्हाले अहिले आफ्नो पढाइमा ध्यान दिने बताएका छन्। उनले सातामा एक दिन बीएमडब्ल्यूमा यात्रा गर्ने योजना बनाएका छन्। त्यस दिन उनका बुबाले गाडी चलाउनेछन् भने उनी अगाडिको सिटमा बसेर यात्राको आनन्द लिनेछन्।

छोराले परीक्षामा राम्रो नतिजा ल्याएपछि बुबाले दिएको यो महँगो उपहार अहिले पराज गाउँसहित आसपासका क्षेत्रमा चर्चाको विषय बनेको छ। अहिले सामाजिक सञ्जालमा पनि थरी थरीका प्रतिक्रिया आइरहेका छन्।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

१४ मिनेट अगाडि
भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक