मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

फेरि पनि बहस राजतन्त्रको, संवैधानिक कि सक्रिय ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि देशमा फेरि राजतन्त्र स्थापनाको विषय उठेको छ । साढे दुईसय वर्षभन्दा बढी अवधि देशमा शासन गरेको राजतन्त्रको आवश्यकता र औचित्य नरहेको भन्दै दोस्रो जनआन्दोलन भएको थियो । त्यसअघि माओवादीले थालेको जनयुद्धको बलमा सामन्तवादको प्रतीक राजतन्त्रलाई देशको विकासको बाधक मानिएर आन्दोलनमा जाने वातावरण बनेको थियो । सम्पूर्ण राजनीतिक दल र जनतालाई राजतन्त्रको विपक्षमा बनाएको त्यो माहोल अहिले परिवर्तन भएको छ । एक प्रकारले भन्नुपर्दा अहिले श्मशानमा पुगिसकेको राजतन्त्रलाई फेरि ब्युँझाउने प्रयास भइरहेको छ ।

के देशमा राजतन्त्र पुनरोदयको सम्भावना छ रु फर्किहाले पनि कस्तो राजतन्त्र रु संवैधानिक कि सक्रिय रु यो विषयमा प्रवेश गर्नुअघि राजतन्त्र फर्काउने मनस्थिति किन बन्यो रु यसमा चर्चा गर्न आवश्यक देखिन्छ । धेरै पर नगई २०४६ सालको आन्दोलन र संविधान निर्माणपछिको अवस्थालाई हेरौं । तत्कालीन पञ्चायतकाल विरुद्ध २०४६ सालको आन्दोलन भएको थियो । यसले प्रजातन्त्र स्थापना र संविधान निर्माण ग¥यो । बहुदलीय व्यवस्थालाई कायम ग¥यो । तर, यसले मुलुकलाई समृद्धितर्फ नभएर राजनीतिक विकृतितर्फ लग्यो । राजनीतिक दलहरुको खिचातानीले विकास निर्माणलाई ठप्प पा¥यो । त्यसक्रममा बनेको सरकारले १ वर्ष पनि कार्यकाल पूरा गर्न नपाउने स्थिति बन्यो । ठूलो दलको दाउपेचका कारण साना दलका नेताको नेतृत्वमा सरकार गठन भए । यसबीचमा सांसद अपहरण, किनबेच, धमिजा, लाउडा लगायतका काण्ड भए । भ्रष्टाचार, अनियमितता, दण्डहीनता मौलाए । एक किसमबाट संसदीय पद्दति नै असफल सिद्ध भयो ।

संसदीय असफलताका कारण ५० को दशकमा नै तत्कालीन माओवादीले हतियार उठाएको हो । देशमा द्वन्दको स्थिति बन्यो । यस्तो अवस्था आउनुमा तत्कालीन राजतन्त्र र सबै राजनीतिक दलका नेताह नै कारक थिए । युद्ध कसैका लागि प्रिय हुँदैन । अझ एक दशकसम्मको युद्धले देशको आर्थिक तथा सामाजिक सबै पक्षमा असर गरेको थियो । तर, युद्धको आधारमा देशमा पुनः संसदीय व्यवस्था कायम र गणतन्त्र स्थापनाको वातावरण बन्यो ।

तत्कालीन दोस्रो जनआन्दोलनमा जनताको अपार सहभागिता र योगदान रह्यो । यसबीचमा जनताले राजनीतिक दललाई ठूलो सहायता र विश्वास गरेको देखिन्छ । देशमा शान्ति स्थापना, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाले विकास र समृद्धिको बाटो खुल्ने अपेक्षा बढ्नु स्वाभाविक हो । तर, यसबीचमा पुराना राजनीतिक दल र माओवादी पनि भ्रष्टाचार, अनियमितता र दण्डहीनतामा सक्रिय रह्यो । व्यवस्था बदलिए पनि नेताहरुको चरित्र बदलिएन । माओवादीका नेताहरु पनि रातारात धनाढ्य वर्गमा परिचित भए । यो भ्रष्टाचार र अनियमितताविना सम्भव छँदै थिएन । यसबीचमा युवाको पलायन भने आकाशियो । जनतामा निराशा झनै चुलियो । त्यसैको असरस्वरुप अहिले मुलुकमा फेरि संघीय व्यवस्थामाथि नै प्रश्न र राजतन्त्र पुनः फर्काउने विषयमा आन्दोलन सुरु भएको छ । गणतन्त्रवादी नेताहरुको जनविरोधी र देशविरोधी क्रियाकलापले राजतन्त्र फर्काउने कसरतमा लागेकाहरुलाई उत्साह बढाउने काम भइरहेको छ । अनुभवकै आधारमा भन्ने हो भने कुनै पनि आवरणको राजतन्त्रको अब काम छैन । तर गणतन्त्रका १६ वर्षको अनुभवका आधारमा भन्ने हो भनेपनि यस्तो गणतन्त्र अब देशमा कामै छैन । त्यसैले अब विकल्प के त रु विकल्प अग्रगमन नै हो भनिन्छ । तर अग्रगमनको परिभाषा पनि अब नयाँ तरिकाले गर्नुपर्ने अवस्था देखिन्छ ।

अग्रगमन समृद्ध देशको परिकल्पना हो, अग्रगमनमा जनता सुखी र खुसी हुन्छन् । विश्वका थुप्रै देश चाहे राजतन्त्र होस् वा लोकतन्त्र वा गणतन्त्र र कम्युनिस्ट व्यवस्था नै किन नहोस् , देश विकसित भएका उदाहरण छन् । त्यहाँका जनताले समृद्धिको स्वाद चाखेका छन् । त्यसैले विकासका लागि कुनै पनि व्यवस्था बाधक नभएको देखिन्छ । तर, लोकतान्त्रिक व्यवस्थासहितको विकास अझ उत्तम हुन्छ । जनतालाई अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हक अधिकारको रक्षासहितको समृद्धि नै नेपाली जनताले खोजेका छन् । तर, यो अवस्था कुनै पनि व्यवस्थामा प्राप्त हुन सकेको छैन । समृद्ध देश त्यही हो, जहाँ जनताले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सुविधा नैसर्गिक अधिकारका रुपमा प्राप्त गर्छन् । सरकारी सेवासुविधाका लागि घूस खुवाइराख्नुपर्दैन । रोजगारीका लागि विदेश पलायन हुनुपर्दैन । किसान र श्रमिक जस्ता समाजका न्यून आय भएका व्यक्तिहरुको पनि हकअधिकारको सुरक्षा सरकारले गर्छ । विगतमा हामीले सक्रिय राजतन्त्रकाल देखेकै थियौं । तर, त्यो व्यवस्थाले पनि देशमा कुनै सुधार आउन सकेको थिएन । संवैधानिक राजतन्त्र स्थापनाले मात्र देशका समस्याहरु समाधान होलान् भन्ने अपेक्षा पनि गर्न सकिँदैन । त्यो पनि अनुभव भएकै हो, त्यसैले यही व्यवस्थामा नै रहेर विकासको बाटोमा अघि बढ्न आवश्यक छ । नत्र जनताले विकल्प अवश्य नै खोज्नेछन् । यो तथ्यलाई नेताहरुले हेक्का राख्न जरुरी छ, राजाले पनि स्वीकार गरेको परिवर्तनलाई देश र जनताको हितमा उपयोग गर्न सकिएन भने यस्तो परिवर्तन टिकाउ हुँदैन, आगे सबै नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

५६ सेकेन्ड अगाडि
नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको बैठक सुरु

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक