मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लैंगिक हिंसा बिश्व अभियानका सन्दर्भमा

आज महिलाहरूको अर्थ-सामाजिक बास्तबिक अबस्था

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी

महिला तथा बालबालिकामाथिकाे निरन्तर कुनै न कुनै किसिमले लैंगिक हिंसा बिश्वभरी नै जारी छ । यसकाे मूलमा   आर्थक असमानता र पुरूष प्रधानता रहेकाे छ । यतिबेला बिशेषा गरी कोरोना काल पश्रचात  बिश्वको आधा जनसंख्या महिलाहरू अधिकांशतः रोजगारबिहीन हुन पुगेका हुन् । हुन  पनि कोरोना भाइरसका कारण बिश्व स्तरमा कामकाजी महिलाहरुको स्थिति अझ खराब हुन पुगेको बिश्व तथ्यांकले दर्शाएको हो । नोकरी या रोजगारीमा उनीहरुो हिस्सेदारी अझ तीब्र गतिमा घट्न गएको पाइएको छ । यो गम्भीर महत्वको यथार्थ कुरा ३ बर्ष संयुक्त राष्ट्र संघले आफ्नो  प्रतिबेदन ‘वर्ल्ड वोमन २०२०’ मा प्रष्ट पारेको हो । त्यस प्रतिबेदनले दुइटा तथ्यमाथि बिशेष प्रकाश पारेको देखिएको थिया । पहिलो कुरा त के भने बितेको दशकमा पनि श्रम शक्तिमा महिलाहरुको सहभागिता कम नै रहेको हो र दोश्रो कुरा आज कोरोना महामारीका कारणले समेत काममा महिलाहरुको हिस्सेदारी र पकड अझ कम भएर गएको छ ।

निश्चय नै कुनै पनि समाजको आर्थिक सुदृढीकरणले त्यस माजका मानिसहरुको सशक्तिकरणको मार्ग प्रशस्त गर्दछ । अनि त्यसले ब्यक्तिको निर्णय क्षमता र आत्मबललाई पनि प्रभावित तुल्याउँदछ । त्यसमा पनि यदि महिलाहरु आर्थिकरुपले सशक्त हुन्छन् भने निश्चय पनि तिनको परिबार र समाजमा भूमिका र हैसियत अझ बढ्न जान्छ । तर यो कुरा पितृसत्तात्मक पुरुष-प्रधान समाजलाई स्वीकार हुँदैन । हुन पनि यो समस्या आज एकाएक उत्पन्न भएको समस्या होइन । बिश्व समाजको सभ्यताका पाना पल्टाएर हेर्दा के कुरा स्पष्ट देखिन्छ  भने मानब सभ्यताको आरम्भदेखि नै श्रम बिभाजनका रेखा समयसँगसँगै अझ गाढा हुँदै र गहिरिदै आए, जसमा महिलाहरुको हिस्सामा ‘घरको काम’ पर्न थाल्यो भने पुरुषका हिस्समा धन आर्जन गर्ने काम पर्न थाल्यो । निश्चय नै आर्थिक सबलताले प्रभुत्वको भाव पैदा गर्न थाल्दछ । अनि यसलाई पुरुषसत्तात्मक ब्यबस्थाले कुनै पनि हालतमा छोडन तयार हुँदैन । यही नै समस्याको जड पनि हो ।

यद्यपि सभ्यताको बिकास, मानब अधिकारका वकालत र ती सबैभन्दा माथि स्वयं महिलाहरुको संघर्षशीलताले यस्तो पुरुष बर्चश्वबादी सोचलाई परिबर्तन नै नगरे पनि एउटा धूमिल धूमिल किसिमले अघि बढ्ने बाटो महिलाहरुका लागि पनि खोल्न बाध्य बनायो । जसले गर्दा घरबाट बाहिर निस्केर महिलाहरु पनि कामको मूख्य धारामा जोडिन थाले ।तर पनि उनीहरुको अगाडि के स्पष्ट शर्त थियो भने बाहिरको काम गर्दैमा उनीहरुलाई घरको कामबाट मुक्ति मिल्ने छैन ।

बिश्वका सबै देशका महिलाहरुले यस शर्तलाई प्रकट अप्रकटरुपमा स्वीकार गरे पनि । तर उनीहरुका चूनौतिहरु कम भएनन् । असमान तलब र शोषणको सामना गर्दै गर्दै महिलाहरुले आज आफ्ना कार्य क्षेत्रहरुमा निकै राम्रो क्षमता, दक्षता, शीप र कौशलताको प्रदर्शन पनि गरिरहेका छन् । यो कुरा जान्दाजान्दै कि उनीहरुको हरेक सफलताको पछाडि उनीहरुको कर्मठताका साटो उनीहरुको चारित्रिक बिश्लेषण गरेर उनीहरुको मनोबल तोड्ने लगातार प्रयत्न हुँदै आएको छ ।

अझ बिडम्बना र बिद्रूपता त के छ भने जतिबेला पनि उनीहरुको आवश्यकता हुन्छ उनीहरुलाई श्रम बजारमा धकेलिने गरिन्छ । उनीहरु श्रम बजारमा न्यून ज्यालामा काम गर्न एकातिर बिवश छन् भने अर्कोतिर उनीहरुले काम पाउने सम्भावना पनि न्यून नै रहेको छ । अर्थात समाज महिला–मैत्री छैन । आज त १५ बर्षमाथिको काम गर्न सक्ने क्षमता भएका महिलाहरुको ठूलो संख्या बिश्वब्यापीरुपमा बेरोजगार बनेको छ र यो स्थिति अझ बढ्दै जाने देखिएकोछ । एउटा तथ्यांकका अनुसार काम गर्ने उमेरका हरेक चारजना महिलामा तीनजना आज बिश्वमा बेरोजगार रहेका छन् ।

हुन त बिश्वमा आज ७० प्रतिशत महिलाहरु कोरोना योद्धाकारुपमा काम गरिरहेका छन् । यसरी चूनौतिपूर्ण किसिमले काम गर्दा गर्दै पनि अन्य सेवाहरुबाट उनीहरुलाई निष्काशन गरिदैछ । यस्तो स्थिति पहिलो पटक उत्पन्न भएको भने होइन । दशकौं पहिला पनि पहिलो बिश्व युद्धमा जब पुरुषहरु युद्धका निमित्त जानु पर्ने भयो त्यति बेला श्रम शक्ति अर्थात कार्यबलमा महिलाहरुलाई कृषि उद्योग आदि क्षेत्रमा स्थान दिनु पर्ने भयो । त्यतिबेला हतियार कारखानमा पनि महिलाहरुलाई काम दिइएको थियो ।

त्यतिबेला अष्ट्रेलियामा मात्र एक लाख महिलाहरुलाई काम दिइएको तथ्यांक छ । तर पहिलो बिश्व युद्ध समाप्त हुँदै हुँदै जान थालेपछि महिलाहरुलाई पुनः आफ्नो पुरानै तथाकथित मूल कार्य(घरधन्धा)मै फर्किन बाध्य तुल्याइयो । ठीक यस्तै प्रकारको स्थिति दोश्रो बिश्व युद्ध पछि पनि उपस्थित भएको थियो । स्पष्ट छ – महिलाहरुप्रतिको ब्यवहार ‘काम चलुञ्जेल भाँडो, काम सकिएपछि ठाँडो’ जस्तै भइरहेको छ ।

एकजना अमेरिकी लेखिका बेट्टी फ्रीडनले ‘दि फेमिनिन मिस्टेक’ मा लेखेकी छन् – दोश्रो बिश्व युद्ध पछि अमेरिकी समाजमा महिलाहरुको स्थिति त्यत्तिका सन्तोषजनक थिएन । उनीहरुलाई एनकेन प्रकारेण यो बिश्वास दिलाउन कोशिश गरिदै आएको थियो कि घरको चार किल्लाभित्रै उनीहरुको सारा जीवनका सारा सुखहरु बिद्यमान रहेका छन् ।

बस्तुतः यसरी स्पष्ट छ कि समाजमा सोच या दृष्टिकोण महिलाहरुको रोजगारी बिरुद्ध छ । प्रायः हरेक जसो देश र समाजमा जब अर्थतन्त्रको चालुरहेको सन्तुलन युद्ध, महामारी, प्राकृतिक प्रकोप आदि कुनै कारणले टुट्दछ त्यतिबेला रोजगारी कम उपलब्ध हुनजान्छ । अनि त्यतिबेला पुरुषले काम पाए या पाइरहेको काममा राखिरहे पनि महिलाहरुलाई सहजै त्यसबाट बिस्थापित गर्ने गरिन्छ । अर्थात् उनीहरुको रोजगारी खोसिन्छ ।आज पनि बिश्वभरी नै यो भावना गहिरो गरी बसेको छ कि पुरुष रोजगारी या नोकरीका लागि अधिक हकदार हो र कुनैकिसिमले  आर्थिक संकट आउदा र रोजगारी कम हुँदा पनि पुरुषलाई नै रोजगारी या नोकरी मिल्नु पर्दछ । यस्तो सोचाई नबद्लिएसम्म र बिश्वको आधा जनसंख्या अर्थात महिलाहरुलाई हरेक किसिमले खाशगरी रोजगारी या नोकरीको क्षेत्रमा पछाडि धकेल्ने या निष्काशन गर्ने परिपाटी रहे या राखिएसम्म बिश्वको चौतर्फी बिकासले पूर्णता पाउँदैन । यसले घरेलु तथा सबै प्रकारका लैंगिक तथा सामािजक हिंसामा मलजल गर्दछ । यो अहिलेकाे बिज्ञान र प्रबिधिको अत्याधिक बिकास भएको २१औं शताब्दीमा अत्यन्तै  महत्वपूर्ण, क्रूर  र गम्भीर  यथार्थ हो । महिलाहरूको समुन्नति चाहने सबै पक्षले यस बारे सार्थक, अग्रगामी र समुन्नत दृष्टिकाेणले ब्यबहारिक कदम चाल्न अग्रसर हुनै पर्दछ । अन्यथा १६ दिने याे अभयान एउटा बर्षेनी गरिलने पूजा पाठ सीवाय अरू केही ठहरिदैन ।

 

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

२ घण्टा अगाडि
परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

परीक्षामा राम्रो अंक ल्याएपछि बीएमडब्ल्यू कार उपहार पायाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक