शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिकी सिनेटरलाई नेपालको समस्या बुझाउन जरुरी ! 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
पछिल्लो समय अमेरिका नेपालमा आपफ्नो जबर्जस्त उपस्थिति बढाउन खोजिरहेको छ भन्ने कुरा कसैसामु छिपेको छैन ।भदौ १३ देखि नेपालमा लागू गरिने भनिएको बिवादास्पद एमसीसी सम्झौताका लागि चलिरहेको अमेरिकी उच्च पदस्थहरुको बाक्लो आवागमन यसको ताजा उदाहरण हो । यही एमसीसीकै कारण नेपालमा उच्च अमेरिकी अधिकारी, सिनेटर लगायतको भ्रमण बाक्लिएको छ । यही भ्रमणको सिलसिलामा अमेरिकी सिनेटर (सांसद) क्रिस भ्यान होलेन भदौ तेस्रो साता नेपाल आउन लागेका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । यो क्रममा नेपाल, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने होलेनको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ । उनी विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनको ८ दिनमा तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरिल्यान्डका व्यक्तिहरूसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाल भ्रमणमा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग सम्पर्क राख्ने कार्यक्रम छ ।
अमेरिका हालको सबैभन्दा शक्तिशाली देश हो भन्नेमा विमति छैन । तर, अमेरिकाको साम्राज्यवादी सोचका कारण नेपालजस्ता मुलुकहरु भने कूटनीतिक परिबन्दमा पर्दै आएका छन् । विश्वमा ठूला देशहरुको जुँगाको लडाइँमा नेपालजस्ता देशहरु पनि पर्ने सम्भावना अहिले बढेको छ । उदाहरणका लागि रुस–युक्रेन युद्धलाई हेर्न सकिन्छ । करिब डेढ वर्षयता रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यसको कारण हो, युक्रेन नेटोमा आबद्ध हुन खोज्नु । अथवा अमेरिकाले युक्रेनलाई आफ्नो कब्जामा लिन खोज्नु । अमेरिकाले नेतृत्व गरेको र पश्चिमा मुलुकहरुको सहभागिता रहेको नेटो नामको सैन्य संगठनमा युक्रेनले सहभागिता जनाउने तयारी भएपछि रुसले युक्रेनमा आक्रमण गरेको स्पष्टै छ । युक्रेनलाई नेटोमा आबद्ध गराएर अमेरिकाले रुसमाथि आफ्नो दबदबा कायम राख्ने प्रयास गरेको थियो । रुस पनि अमेरिका आफ्नो सीमासम्म आउने भएपछि आक्रमण गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ । यस क्रममा युक्रेनलाई साथ दिने अमेरिकाले उक्साए पनि अहिले युद्धको भूमरीमा लाखौं युक्रेनी नागरिक परेका छन् । विश्वभर यो युद्धको असर परेको छ ।
अमेरिकाको दृष्टि अहिले दक्षिण एसियामा र विशेषगरी नेपालमा परेको छ । नेपाल विश्व अर्थतन्त्रमा उदीयमान देशहरु चीन र भारतको बीचमा अवस्थित छ । चीनसँग त अमेरिकाको लामो समयदेखि प्रतिस्पर्धा छ । अबको केही दशकमा चीनले अर्थतन्त्रमा अमेरिकालाई पछि पार्ने विश्लेषकहरुले बताएका छन् । यसका अलावा पहिले अमेरिकाको प्रभुत्व रहेका अफ्रिका, दक्षिण अमेरिका, मध्यपूर्व एसियाका देशहरुमा चीनको भूमिका बढिरहेको छ । चीनलाई नरोकेमा विश्वभर आफ्नो प्रभुत्व अन्त्य हुने र कुनै समय विश्वभर राज गरेको बेलायतझैं खुम्चिनुपर्ने भएपछि अमेरिका जसरी पनि चीनलाई रोक्ने रणनीतिमा लागेको देखिन्छ । त्यसैले चीनका नजिकका क्षेत्र ताइवान, देशहरु जापान र दक्षिण कोरियामा अमेरिकाले आफ्नो भूमिका बढाइरहेको छ । जापान र दक्षिण कोरियामा अमेरिकाको ठूलो सैन्य वेस नै छ । नेपालमा पनि आफ्नो उपस्थिति बढाएर चीनतर्फ निगरानी गर्ने अमेरिकी योजना छ, जसका लागि उसले विभिन्न कार्यक्रम नेपालमा अघि बढाउन खोजेको छ ।
नेपालमा अमेरिकाले बलियो उपस्थिति पाएमा चीनसँगै अर्को उदीयमान अर्थतन्त्र भारतमा पनि भूमिका बढाउन सहज हुने ठानेको छ । अहिले भारतसँग अमेरिकाको सम्बन्ध राम्रो छ । तर, भविष्यमा सम्बन्धमा उतारचढाव आएमा पनि नेपालबाट निगरानी गर्न सहज हुने अमेरिकी ठम्याइ छ । त्यही कारणले अमेरिकाले पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग परियोजना लागू गर्न जोडबल गरेको थियो । यो सम्झौतालाई संसदबाट पारित गरेर यही बुधबारदेखि कार्यान्वयन पनि थालिएको छ, जसको चौतर्फी रुपमा विरोध भइरहेको छ । एमसीसी पारितकै बेलामा पनि चीनले आपत्ति जनाएको थियो । तर, अमेरिकाले एक कदम अघि बढेर सैन्य सहकार्य सम्बन्धी सम्झौता एसपीपी पनि नेपालमा लागू गर्न खोजेको थियो । ठूलो विरोधपछि अमेरिका र सरकार यो सम्झौताबाट पछि हट्न बाध्य भए ।
रुस–युक्रेन युद्धलाई हेरेर पनि नेपालका नेताहरुले नेपाललाई कुनै पनि ठूला देशहरुको स्वार्थभूमि बन्न नदिन सचेत हुन आवश्यक छ । अहिले अफ्रिका थुप्रै देशहरुमा अमेरिका तथा पश्चिमा देशहरु एकतर्फ छन् भने रुस र चीन अर्कोतर्फ छन् । मध्यपूर्व एसियामा पनि त्यही अवस्था छ । त्यसकारण विश्व राजनीतिमा असंलग्नताको नीतिबारे आफ्ना अडानलाई नेपाली नेताले अमेरिकी सिनेटर र अन्य अधिकारीलाई बुझाउन जरुरी छ । यसबाहेक अमेरिकाको चर्को भिसा शुल्क, भिसा प्रक्रिया झन्झटिलो, नेपाली युवाहरुलाई भिसा उपलब्ध नगराइनु, भिसा नदिए पनि शुल्क फिर्ता नगरिनु लगायतका दुई पक्षबीचका समस्याहरु अमेरिकी सिनटरसमक्ष राख्नु जरुरी छ ! आगे एमसीसी सम्झौतालाई संसदबाट पास गर्ने संसदबादी दलका सरदारहरुलाई चेतना भया !  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक