काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हान्ना सिंगर हृयाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि हान्ना बुधबार अपराह्न शितल निवास पुगेकी थिइन् ।
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हान्नाबीच भेटवार्ता भएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको विकास र संमृद्धि एवम् दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगकालागि धन्यवाद व्यक्त गरेका थिए ।