शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भैँसीले हल्लाएको नेपालको संसद्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भैँसीले हल्लाएको नेपालको संसद्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ईश्वरी बराल

काठमाडौँ– प्रतिनिधिसभाको सोमबारको बैठक नेपालले उपहार पाएको भारतीय भैंसीको वरिपरि घुम्यो।

हालै सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ को भारत भ्रमणमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिएको छ।

प्रचण्डले भारतबाट भैंसी उपहार पाएको विषयलाई लिएर प्रचण्डमाथि व्यंग्य प्रहार हुँदै आएकोमा आज (सोमबार)को संसद बैठकमा यसले निकै हल्लीखल्ली भयो।

प्रचण्डले संसद बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको सन्दर्भबारे बोलिसकेपछि अव मैले राख्नुपर्ने कुरा भन्दै आफूले बोकेर ल्याएको कागज पल्टाएर खोज्दै गर्दा एकजना सांसदले भैंसीको प्रसंग निकाले।

सांसदले भैंसी शब्द निकालेपछि प्रचण्डले भैंसीको प्रसंग निकाल्दै गर्दा सदनमा अधिकांश सांसदहरु गलललल हाँसे।

प्रचण्डले भारतबाट भैंसी ल्याउने कुरा आजको नभई आजभन्दा सात बर्षअघिको भएको प्रष्टीकरण दिए।

प्रचण्डले हाँस्दै भने,‘आजभन्दा सात बर्ष अगाडि नै मुर्रा भैंसी ल्याउने समझदारी भएको रहेछ। आएको मात्रै अहिले हो।’

उनले यति बोलेपछि सत्तारुढ दलका सांसदले पररर ताली बजाए।

प्रचण्ड भन्दै जान्छन्,‘सात बर्ष अगाडीको रछ मुर्रा भैंसी। अब मान्छेले मलाई चाहीं भैंसी चढाएर हिँडाएका छन्।’

प्रचण्डले आफैले हास्दै त्यसो भनिरहँदा सदन हाँसोमय बन्यो। सत्तारुढ सांसदको हाँसो गुन्जिएको थियो भने प्रतिपक्षी दलका सांसदको हाँसो उपहाससहितको थियो।

उपस्थित सांसदमध्ये एकले ‘भैंसी हो कि राँगा?’ भनेर प्रश्न गरेका थिए भने प्रचण्डले पोडियमबाटै उनीतिर फर्किएर ‘राँगा,राँगा नै हो’ ‘मुर्रा’भन्दै जवाफ दिएका थिए।

त्यसपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ मात्रै के भनेका थिए एमालेका प्रमुख सचेतक हितराज पाण्डे खनालमाथि जाइलागे।

खनालको भनाइमा आपत्ति जनाउँदै पाण्डलेले तत्काल उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग माग गरे।

पाण्डेले सांसद खनालले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट मेटाउन भने। त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए।

सभामुखको निर्देशनले भैंसीको प्रसंग रोकिनुको सट्टा झन् चर्कियो। सभामुखले सांसद खनालले बोलेको शब्द हटाउन निर्देशन दिएकोमा एमाले र रास्वपाका सांसदहरुले उठेर विरोध जनाए।

एमाले सांसद रघुजी पन्तले भैंसी चढेर आएको भन्ने शब्द पहिले प्रधानमन्त्रीले नै प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि उक्त शब्द हटाउनुपर्ने माग गरे।

पन्तले बोलिसकेपछि रास्वपा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले प्रयोग गरेपछि आफ्नो पार्टीका सांसदले व्यंग्यस्वरुप उक्त शब्द प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि भैंसी चढेर आएको भन्ने शब्द मेटाउन माग गरे।

लामिछानेले सत्तापक्षले यति सामान्य व्यंग्य पनि सहन नसकेर सत्तापक्षले संसदमा दादागिरी देखाएको टिप्पणी गरे।

सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट मेटाइने जवाफ दिए।

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

१ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

तर प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिबाट पनि मेटाउन स्पष्ट निर्देशन दिनुपर्ने माग गरे।

तर सभामुख घिमिरेले देशको प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डमा रहनु उचित नहुने भन्दै त्यसलाई मेटाउनु उचित हुने भनेपछि प्रतिपक्षी सांसदहरु चित्त बुझाएर बसेका थिए।

प्रचण्डले आफैँले हाँस्दै मान्छेहरुले मलाई भारतबाट आउँदा भैंसी चढाइदिए भन्दै गर्दा सांसदहरुले प्रश्न गर्नुपर्दा हटाउनुपर्ने खास कारण भने देखिँदैन।

प्रधानमन्त्रीले ठट्टा गर्दै मलाई भैंसी चढाइदिए भन्ने वाक्य बोल्न हुने तर सांसदले भैंसी चढेर आउनुभयो भन्दा रेकर्डबाटै हटाउनुपर्ने दबाब आउनु भनेको सरासर सत्तापक्षको हेपाहा प्रवृत्ति देखिएको छ।

राष्ट्रको कार्यकारी प्रमुखले छिमेकसँगको भ्रमण गरेर आएपछि महत्वपूर्ण बिषयमा छलफल हुनुपर्नेमा भैंसीलाई कारण देखाएर सदनमा यो तहमा हल्लीखल्ली हुनु अशोभनीय देखिएको थियो।

दुई देशीय व्यापार, कूटनीतिक सम्वन्ध, सीमा विवाद, इपिजी प्रतिवेदन लगायत महत्वपूर्ण बिषय छलेर भैंसीको कारण सदनमा यो तहको हल्लीखल्ली हुनुले नेपालमा भारतीय भैंसीसमेत निकै बलवान भएको देखिएको छ। देशासन्चारबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक