शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अर्थमन्त्री महिलामैत्री कि आरजुमैत्री ? आरोपितको पक्षपोषण किन ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने खेलमा ठूलो राजनीतिक गिरोह नै संलग्न भएको यतिबेला खुलेको छ । यो भ्रष्टाचारमा केही सानातिना व्यक्तिको गिरोह मात्र होइन, देशकै उपप्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति समावेश भएको आरोपमा अहिले अनुसन्धान चलिरहेको छ । नेपालमा संगठित रुपमा कसरी भ्रष्टाचार हुने गरेको छ भन्ने यो एउटा उदाहरण हो । यो भ्रष्टाचारमा विभिन्न दलका नेताहरु संलग्न भएको आरोपमा पक्राउ परेका छन् । कांग्रेसका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमाओवादी नेता तथा अहिले एमाले नेता टोपबहादुर रायमाझी लगायत नेतामाथि भ्रष्टाचार र राष्ट्रघाती अपराधमा मिलेमतो गरेको आरोप छ । राजनीतिक र विकास निर्माणको विषयमा सधैं आपसमा आरोपप्रत्यारोपमा ओर्लने, एकअर्काप्रति दुर्वचन बोल्ने र कहिल्यै सहमति नगर्ने नेताहरु भ्रष्टाचारको विषयमा भने मिलेमतो गरेको पनि खुलेको छ । यसले हाम्रो राजनीति देश र जनताको विकासकेन्द्रित हैन, भ्रष्टाचार केन्द्रित छ भन्ने पनि स्पष्ट हुन्छ ।
भ्रष्टाचारलाई मलजल गर्ने अर्को उदाहरण हो, यो प्रकरण बाहिर आएपछि शीर्ष नेताहरुको दौडधूप र भेटघाट । केही दिनअघि मात्र कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । उनीहरु नै अहिले पार्टीका प्रमुख नेताहरु यो प्रकरणमा मुछिएपछि र कारबाहीको लहरो आफूसँग आइपुग्ने हो कि भन्ने डरमा छन् । त्यसैले अनुसन्धानलाई प्रभावित पार्न प्रहरी निकायलाई दबाब दिने खेलमा उनीहरु लागिसकेका छन् ।
यो प्रकरणमा एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् । केही फरार छन् । केहीमाथि आरोप लागे पनि पक्राउ परेका छन् । आरोप लाग्नेमा कांग्रेस सभापति देउवाकी पत्नी आरजू राणा र खाँण पत्नी मन्जू खाँण पनि छन् । मन्जू अहिले सम्पर्कविहीन छिन् भने आरजू आफूविरुद्ध अनुसन्धान बढेको देखिएपछि व्यक्तव्यबाजी र मिडियाबाजीमा उत्रिएकी छन् । देउवा प्रधानमन्त्री हुँदा र खाँण गृहमन्त्री हुँदा उनीहरुका श्रीमतीले छाया सरकार बनेर भ्रष्टाचार गरेको आरोप यसअघि पनि लागेको थियो । सञ्चारमाध्यममा आए पनि यस विषयमा अनुसन्धान भने अघि बढ्न सकेन । अहिले उनीहरु नै यो प्रकरणमा पनि संलग्न भएको आरोप लागेको छ । तर, सरकार भने उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन अझै हिच्किचाइरहेको छ ।
अर्कोतर्फ आरोपितलाई संरक्षण हुने गरी अहिले ठूला नेताहरु नै वक्तव्यबाजीमा पनि लागेका छन् । यसको पछिल्लो उदाहरण हो, अर्थमन्त्री डा. प्रकाशशरण महतको अभिव्यक्ति । देउवा निकट मानिने महत समानुपातिकबाट सांसद भएका हुन् । देउवाकै प्यानलबाट मन्त्री बन्न सफल भएका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवा र मञ्जु खाँणमाथि मिडिया ट्रायल भएको आरोप लगाएका छन् महतले डा. आरजु र मञ्जुमाथि मिडिया ट्रायल गरेर दोषी भन्न नहुने पनि जनाएका छन् । कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले मञ्जु खाण कहाँ छन् भनेर पार्टीले फलो नगरेको समेत जनाए । को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा नभएको र उनीहरूमाथि मिडिया ट्रायल भइरहेको उनको भनाइ थियो । आरजू आरोपित नभएको र प्रमाण पनि नदेखिएको दाबी गर्दै उनले सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी भन्न नमिल्ने जनाएका छन् भने यस विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।
सरसर्ती हेर्दा डा. महतको यो भनाइ आफ्नो पार्टीको एउटा नेतृको पक्षमा आएको देखिन्छ । यसले उनी र कांग्रेस पार्टी महिलामैत्री भएको र उनीहरुप्रति लाग्ने आक्षेपको विपक्षमा रहेको देखिन्छ । तर, अर्कोतर्फ भने कांग्रेस र स्वयं महत पनि आफ्नो पार्टीको प्रभावशाली व्यक्तिलाई आक्षेप लागेपछि अनुसन्धानका लागि सहज बनाउने भन्दा आरोपितको नै पषपोषण गर्न खोजेको छ । यो अभिव्यक्ति स्वयं महतका लागि त फाइदाजनक होला, तर देश र जनताको लागि, विधिको शासनका लागि, भ्रष्टाचारविरुद्धको अभियानका लागि भने घातक नै साबित हुनेछ ।
स्वयं आरजुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राणाले यस्तो जनाएकी हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने उनको भनाइ थियो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ’को दोषी हो, को होइन प्रष्टसँग आओस्’ भन्ने आफ्नो माग रहेको जनाएकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानबिनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै राणाले आपत्ति जनाएकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले छानबिन गरोस् भन्ने आफ्नो माग रहेको राणाले जनाइन् । यो प्रकरणमा मुछिएको व्यक्तिले नै यस्तो अभिव्यक्ति दिँदा कांग्रेस पार्टी, जसले नेपालको राजनीतिमा लामो इतिहास बोकेको छ, उसले अनुसन्धानलाई प्रभावित पार्नेगरी प्रतिक्रिया दिनु उचित हुँदैन । यसले कांग्रेस पार्टी भ्रष्टाचारको मतियार रहेको जनमानसमा सन्देश जानेछ, जुन यो पार्टीका लागि आगामी दिनमा अधोगतिका लागि ठूलो धक्का हुनेछ ।   जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

३३ मिनेट अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक