शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नागरिकता विधेयकका राष्ट्रघाती प्रावधान सच्याऊ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
सरकारले फेरि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढाउने भएको छ । केही वर्षयता नागरिकता विधेयक संसदमा आइपुगे पनि विभिन्न कारणले प्रमाणीकरण भने हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नागरिकता विधेयक ल्याइए पनि पास हुन सकेको थिएन । त्यसपछि शेरबहादुर देउवाको पालामा उक्त विधेयकमा नयाँ प्रावधान थप गर्दै सरकारले फेरि संसदमा प्रस्तुत गरेको थियो । तर, विधेयकमा राखिएका केही प्रावधानहरु आपत्तिजनक रहेको र संशोधन नगरी पारित गर्न नहुने चौतर्फी रुपमा आवाज उठ्यो । तर, सरकारले भने यी धारणालाई बेवास्ता गर्दै संसद्बाट जस्ताको तस्तै पारित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएको थियो । तर, भण्डारीले विधेयकमा विभिन्न कमीकमजोरी औंल्याउँदै पुनः संसदमा नै विधेयक फिर्ता गरेकी थिइन् । दोस्रो पटकमा पनि सरकारले ती कमीकमजोरी हटाउन प्रयास गरेन । संसदबाट फेरि पारित गरेर विधेयक पठाए पनि भण्डारीले प्रमाणित गर्न नै अस्वीकार गरिदिइन् । त्यही विधेयकलाई अहिले सरकारले प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको हो ।
तर, यसपटक पनि सरकारले नागरिकता विधेयकमा भएका खारेजयोग्य प्रावधानलाई परिमार्जन गर्न चासो दिएको छैन । यो विधेयक जस्ताको तस्तै पारित भएमा यसमा भएका प्रावधानका कारण आगामी दिनमा नेपालको सार्वभौम अस्तित्व नै संकटमा पर्न सक्ने देखिन्छ । विधेयकमा आपत्तिजनक त्यस्ता के प्रावधान छन् भनेर बुझ्न सबैभन्दा पहिला देशको अवस्था नै बुझ्न जरुरी हुन्छ । नेपाल भूपरिवेष्ठित राष्ट्र हो, जसको दक्षिणतर्फको भारतसँगको सीमा खुला छ । कुनै रोकतोकविना नै दुवै देशमा आउजाउ गर्न मिल्ने भएका कारण ठूलो संख्यामा नेपाली र भारतीय एकअर्काका देशमा विभिन्न काम विशेषले बस्दै आएका छन् । नेपालको तराई क्षेत्र र सीमावर्ती भारतीय क्षेत्रका जनताबीच लामो समयदेखि पारिवारिक सम्बन्ध पनि छ । विवाहका कारण एकअर्काबीच नातासम्बन्ध कायम हुँदै आएको छ । नेपालभन्दा धेरै ठूलो भारत पछिल्लो समय सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि बनिसकेको छ । तर, भारतका लागि यो जनसंख्याको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा नेपालमा पटकपटक ल्याइने नागरिकतासम्बन्धी कानुनका कारण लाखौं भारतीयले नेपाली नागरिकता लिने गरेका छन् । एक दशकअघि सरकारले नागरिकतासम्बन्धी नयाँ व्यवस्था ल्याउँदा तराईका सीमा क्षेत्रका भारतीयले नागरिकता लिएको तथ्य बाहिरिएको थियो । उनीहरुसँग भारतीयसँगै नेपाली नागरिकता हुँदा नेपालतर्फ चलखेल गर्न सहज हुने विभिन्न अध्ययनले देखाएको थियो ।
गत वैशाख अन्त्यतिर पनि नेपाली नागरिकता लिने १० भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका सबै भारत उत्तर प्रदेशको बलिया इब्राहिमपट्टीका थिए । नेपालको तराईका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउन स्थलगत खटिएको टोलीबाट उनीहरूले नेपाली नागरिकता लिएको खुलेको हो । उनीहरूको साथबाट नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र काठमाडौंमा बसाइँसराइ गरेको प्रमाणपत्रसहित भारतीय दूतावासले प्रदान गरेको भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारीचालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट र आधार कार्ड बरामद भएको थियो । उनीहरुले सिराहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपालमा घरजग्गा कारोबार गरेको झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका थिए ।
विश्वका थुप्रै देशमा नागरिकतासम्बन्धी कडा प्रावधान छन् । कुनै पनि देशको नागरिकता बन्न कैयौं वर्षसम्म बसोबास गरेको हुनुपर्ने लगायत शर्त छन् । कतिपयले त जति बसोबास गरे पनि आफ्नो स्थायी नागरिकको हैसियत दिँदैनन् । तर, नेपालमा भने नागरिकता सम्बन्धी व्यवस्था पटकपटक बदलिने गरेको छ । यसले देशमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा उनीहरुको व्यवस्थापन नै समस्या हुने गरेको छ । त्यसैले नागरिकता विधेयकमा परिमार्जनको आवश्यकता रहेको हो । अहिले सरकारले प्रमाणीकरणका लागि आग्रह गरिरहेको विधेयकमा विदेशी बुहारीलाई विवाहलगत्तै नागरिकता दिने प्रावधान राखिएको छ । यसमा विवाहको ७ वर्षपछि अर्थात भारतकै जस्तो नीति बनाउन आवश्यक छ । सीमा खुला भएकाले धेरै लावारिस बच्चा नेपालतर्फ भेटिएका छन् । उनीहरुलाई अहिले नै वंशजको नागरिकता दिनु हतारो हुनेछ । त्यस्तै, जन्मसिद्ध र अंगीकृत नागरिकता छानबिन गर अनि मात्र वंशज कायम गर्न पनि आवश्यक छ ।
सरकारलाई आग्रह छ कि ! सिमाना खुला भएकाले नागरिकतासम्बन्धी व्यवस्थामा हामी धेरै गम्भीर हुनुपर्नेछ । वास्तविक नेपालीले नागरिकता प्राप्त गर्न नागरिकता ऐन बाधक छैन । तर, जन्मसिद्धका नाममा नक्कली नेपाली नागरिक बनेका सीमापारिका नागरिकका सन्तानलाई नेपाली नागरिक बनाउने राष्ट्रघाती योजना यो विधेयकमा अगाडि सारिएको स्पष्टै छ । त्यसकारण नागरिकता विधेयकमा सरकारले हतार होइन, गम्भीर बन्नुपर्नेछ , आगे सरकारका सरदारहरु र माननीय सांसदहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

३३ मिनेट अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक