शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्लुस्काई सोसलका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
ब्लुस्काई सोसलका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी — पछिल्लो समय ट्वीटरको अर्को प्रतिस्पर्धी ब्लुस्काई सोसलका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । नीलो चेकमार्क, सबस्क्रिप्सन र अन्य विविध सुविधामा गरिएको परिवर्तनका कारण दुविधा र अन्योल सिर्जना भएपछि ट्वीटरका थुप्रै प्रभावशाली व्यक्ति ब्लुस्काईजस्ता वैकल्पिक प्लाटफर्मतर्फ मोडिएका छन् ।

गत साता अमेरिकी युवा सांसद एलेक्जेन्ड्रिया ओकासियो–कर्टेज, लेखक एवं कमेडियन ड्रिल, मोडल क्रिसी टाइजेनलगायतले ब्लुस्काईमा एकाउन्ट खोलेका थिए । सन् २०१९ मा ट्वीटरले नै सञ्चालनमा ल्याएको ब्लुस्काई हाल ट्वीटरबाट अलग भइसकेको छ । बेटा भर्सनमा मात्रै उपलब्ध यो प्लाटफर्म ४० हजारभन्दा धेरै प्रयोगकर्तामाझ पुगेको छ । यो एप गुगल प्ले स्टोरमा ३ लाख ६० हजार र आईओएसमा १ लाख डाउनलोड भएको छ । इन्फ्लुएन्सरहरूले ट्वीटरमै ब्लुस्काईको आफ्नो ह्यान्डल सेयर गरिरहेका छन् । ब्लुमबर्गका अनुसार एपमा जोडिन धेरैले पालो पर्खेर बसेका छन् । आफ्नो इमेल आईडीमार्फत रजिस्ट्रेसन गरेर वेट लिस्टमा बसेकाहरूलाई एपले केही समयमा इन्भिटेसन कोड पठाउँछ ।

त्यो कोड राखेपछि एपमा प्रवेश पाइन्छ । हालै मात्र ट्वीटरले ख्याति प्राप्त व्यक्तिहरूको एकाउन्टबाट भेरिफिकेसन मार्क हटाएर पुनः राखिदिएको थियो । त्यो घटनापछि ट्वीटरको विकल्प खोज्ने क्रम ह्वात्तै बढेको छ । विशेषतः सब्स्क्रिप्सनको मोडालिटी र घृणास्पद अभिव्यक्ति, स्पाम, आपराधिक सामग्री र मिथ्या सूचनासँग सम्बन्धित पटक–पटक फेरिइरहने ट्वीटरको नीतिका कारण सेलेब्रिटी, इन्फ्लुएन्सर र अन्य प्रयोगकर्ताले यसको विकल्प चाहेका हुन सक्ने अनुमान छ ।

यसका लागि उनीहरूले ट्वीटरकै हिस्सा रहिसकेको र स्वरूप तथा फिचरलगायत धेरै हिसाबले ट्वीटरसँग मिल्दोजुल्दो ब्लुस्काई रोज्ने क्रम बढ्दो छ । शनिबार मात्रै ट्वीटरका मालिक इलन मस्कले मिडिया सब्स्क्रिप्सनको सट्टा प्रयोगकर्ताहरूले प्रतिलेख पैसा तिरेर समाचार वा लेख पढ्न सक्ने नयाँ घोषणा गरेका थिए । मेबाट लागू गरिने भनिएको उक्त ‘वान–क्लिक’ सेवा सञ्चार संस्था र सर्वसाधारण दुवैका लागि फाइदाजनक हुने मस्कको भनाइ छ ।

मासिक सब्स्क्रिप्सन लिइरहनुभन्दा आफूलाई पढ्न/हेर्न मन लागेका लेख वा समाचारपिच्छे शुल्क तिर्न सकिने व्यवस्था ट्वीटरले शीघ्र सार्वजनिक गर्न लागेको छ । यसका लागि ट्वीटर किन हतारिएको छ भने उसले स्थापित र सक्रिय प्रयोगकर्ताहरूको भेरिफिकेसन ब्याज हटाउने र सञ्चार संस्थाहरूलाई पनि बेलाबखत चिढ्याएकाले उनीहरू दुवै वैकल्पिक माध्यमतिर लागेका छन् । यस्तोमा ट्वीटर आम्दानी बढाउने दौडमा मिहिनेत गरिरहेको छ । ट्वीटरको पे–पर–आर्टिकल यस्तो सयमा आएको छ जतिबेला मस्क डिजिटल मिडिया क्रिएटर र अन्य प्रयोगकर्ताहरूलाई रिझाउन र आकर्षित गर्न खोजिरहेका छन् ।

आइतबार साँझ उनले कार डिलरसिप गाई नामक पडकास्ट होस्टलाई उनका पडकास्टहरू ट्वीटरमा पोस्ट गर्न आग्रह गरेका थिए । उनले विश्वभरका क्रिएटरहरूलाई ट्वीटर सब्स्क्रिप्सनमार्फत आफ्ना कन्टेन्ट मनिटाइज गर्न पनि अनुरोध गरिरहेका छन् । त्यसरी मनिटाइज गरिएका कन्टेन्टबापत ट्वीटर पहिलो १२ महिना कुनै शुल्क नलिने र सम्पूर्ण आम्दानी क्रिएटरकै पोल्टामा जाने मस्कको वाचा छ ।

यो पनि पढ्नुहोस्

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

२२ मिनेट अगाडि
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक