शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१७ मिनेट अगाडि
Reading Time: 1 min read
0
जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

रास्वपा चितवनले आज यहाँ आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा उनले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताए ।

पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्याङ्कन गर्ने उल्लेख गर्दै उनले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको बताए । समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

“ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन”, उनले भने । जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताए । पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै उहाँले बदला लिने भावनाले काम नगर्न पनि आग्रह गरे ।

“हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन”, उनले भने, “हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन ।”

जनताले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिँदै उनले पार्टी ठूलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्नुपर्ने बताए । उनले पार्टीभित्र एकता कायम राख्न पनि आग्रह गरे ।

“हामी यही माटोका मान्छे हौँ । एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ”, उनले भने । पार्टीभित्र मतभेद र अन्तरसङ्घर्ष नरहेको दाबी गर्दै सभापति लामिछानेले सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले सुझाव दिने गरेको बताए । सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उनको भनाइ थियो । पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्दै उनले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने बताए ।

सभापति लामिछानेले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गरे । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उनको भनाइ थियो ।

“अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन”, उनले भने । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणको विषय विगतमा रास्वपाले नै जोडदार रूपमा उठाएको स्मरण गराउँदै उनले अनुसन्धान नगरी कसैलाई दोषी ठहर गर्ने र पक्राउ गर्ने प्रवृत्ति उचित नहुने बताए ।

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२ घण्टा अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक