सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल ¥याली

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल ¥याली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल ¥याली आयोजना गरेको छ । “बाढीपीडितका लागि साइकल ¥याली, मानवताका लागि एकता“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।

इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको ¥याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले समुद्घाटन गर्नुभएको यस ¥यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । ¥यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला पीडितहरूप्रति ऐक्यबद्धता जनाउन र युवापुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउन विद्यालयले प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले संविधानले देशलाई सही दिशा दिने भएकाले यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यार्थी र समुदायमा वातावरणीय संवेदनशीलता एवम् सामाजिक दायित्व बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलकुदमा मात्र सीमित नराखी मानवीय सेवा, व्यावहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको जानकारी दिनुभयो । ¥यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने र विद्यालयले यसअघि नै भोटेकोशी बाढीप्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनका असरबारे विद्यालय तहबाटै चेतना जगाउन अब हरेक वर्ष संविधान दिवसका दिन यो ¥यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने उहाँको भनाइ थियो ।

शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेलसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ¥यालीका सहभागीहरूलाई विद्यालयका तर्फबाट टी–सर्ट, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर

चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर

१ घण्टा अगाडि
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक