बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको जानकारी गराउनु भयाे ।

बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन कांग्रेस उपसभापति एवं वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई निरन्तर रूपमा पहल गर्ने जिम्मेवारी पनि सुम्पेको छ।

पार्टीलाई बदनाम गराउने बदनियतले सरकार निकटकै व्यक्तिहरूबाट नियोजित रूपमा भ्रम फैलाउने र अडियो नाटक उत्पादन गर्ने काम भइरहेको आरोप कांग्रेसले लगाएको छ।

वरिष्ठ उपसभापति शर्माले भने, “कांग्रेसको आधिकारिकतामा आर्थिक लेनदेन भयो भन्नु ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको घोर अपमान हो, निर्वाचन आयोगको बदनामी हो, अदालतको ठाडो अवहेलना हो र सबै लोकतान्त्रिक प्रक्रियाको अनादर हो।”

उनले यस्ता भ्रमको खेती गर्ने र अडियो नाटक रच्ने षड्यन्त्रकारीहरू कुनै न कुनै दिन कानुनी रूपमै उजागर हुने विश्वास व्यक्त गरे। बहस जनताका आधारभूत समस्या र राष्ट्रिय मुद्दामा हुनुपर्नेमा सरकारकै कारण विषयवस्तु अर्कैतिर मोडिएको शर्माको धारणा छ।

सरकारले गर्नुपर्ने जनपक्षीय कामका लागि साथ दिने प्रतिबद्धता जनाउँदा पनि सरकार गैरजिम्मेवार बनेर बरालिएको शर्माको टिप्पणी छ । “अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप) शुरू हुन पाँच दिनमात्र बाँकी छ, त्यसबारे देशको तयारी र छलफल हुनुपर्ने बेला सरकार पूर्ण रूपमा बेखबर र बेपर्वाह छ,” शर्माले भने, “सरकारको प्राथमिकता जलवायु संकट हुनुपर्नेमा नेपाल प्रहरीका आईजीपी हटाउनेतर्फ केन्द्रित हुनु अत्यन्तै गलत र दुर्भाग्यपूर्ण हो। अहिले सिंहदरबार र बालुवाटारमा विधिको शासन नभई रमिता चलिरहेको छ।”

जनताको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको जिम्मेवारी पाएको र सोही जनमतअनुसार कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको स्पष्ट पार्दै उनले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा काम गर्न आग्रह गरे।

सत्तामा छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाइने र राज्यका सबै काम विधि र प्रक्रियाअनुसार हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

उपसभापति शर्माले बिनाकारण प्रहरी महानिरीक्षकलाई हटाइएको, सरकारी उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएर आफू अनुकूलको निर्णय गर्न बाध्य पारिएको लगायतका घटनाप्रति कांग्रेसको आपत्ति रहेको जनाए ।

यो पनि पढ्नुहोस्

मेयर हर्क साम्पाङ राईविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएपछि…

श्रमजीवी गरिब जनताको पक्षमा श्रम संस्कृति पार्टी

१ दिन अगाडि
प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय

प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक