बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा । विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले “एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म” विषयक कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्ध उजागर गर्ने तथा स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिवद्धता सहकार्य र व्यवहार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा निकालिएको ¥यालीले वालिङ बजार परिक्रमा गरेको थियो । “एक स्वास्थ्य” विषयक संवाद कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमल प्रसाद पाण्डे, गण्डकी प्रदेश, कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ ईन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक, कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख सुदिप रेग्मीले एक स्वास्थ्यको विषयमा बहस गरी यसको प्रभावकारी कार्यान्वनका लागि साझा प्रतिवद्धता र ऐक्यवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस, स्याङ्जाका विद्यार्थीहरूको नेतृत्वमा जनचेतनामूलक “एक स्वास्थ्य” विषयक सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानिस, पशुपन्छी, बोटबिरुवा र वातावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको तथ्यलाई आत्मसात् गर्दै उल्लेखित सवै पक्षलाई सन्तुलित गर्दै यसको व्यवहारिक कार्यान्वयनका लागि ऐक्यवद्धता, सहकार्य र प्रतिवद्धता व्यक्त गर्दै ७ बुँदे “वालिङ एक स्वास्थ्य घोषणापत्र २०८३” जारी गरेका छन ।
वालिङ नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल, दियालो संस्था, नेपाल वन हेल्थ ईन्स्टिच्युट र वालिङ बहुमुखी क्याम्पसको प्राविधिक सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सडकबाट उठे समुदायका एक स्वास्थ्यसम्बन्धी सवाल
क्याम्पस पढ्ने विद्यार्थी, स्वास्थ्य कर्मी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी, प्राध्यापक, शिक्षक, कृषक, सहकारी, टोल विकास संस्था लगायतको उपस्थितीमा “एक स्वास्थ्य” सम्बन्धी शन्देश मूलक नारा सहितको प्लेकार्ड बोकी वालिङ बजार परिक्रमा गरेको थियो । एक स्वास्थ्यसम्बन्धी सन्देशसहितको ¥याली वालिङ नगरपालिका कार्यालय परिसरमा पुगेर सडक नाटकमा परिणत भएको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकले समुदायमा देखिने एक स्वास्थ्यसम्बन्धी विभिन्न जोखिम र व्यवहारलाई जीवन्त रूपमा चित्रण गरेको थियो ।
नाटकमा मानिस तथा पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोग र त्यसबाट बढ्ने एन्टिमाइक्रोबियल प्रतिरोध एएमआर (ब्ःच्), रेबिज लगायत पशुबाट मानिसमा सर्ने रोग, तरकारी उत्पादनमा विषादीको जथाभावी प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असर र दूध, मासुलगायत पशुजन्य खाद्य पदार्थको स्वच्छता तथा सुरक्षासम्बन्धी सवाल उठाइएको थियो ।
विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि निर्धारित प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा उत्पन्न हुन सक्ने जोखिम तथा खेतदेखि थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकतालाई नाटकले उजागर गरेको थियो ।
मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको हुँदा यस्ता समस्याको समाधान कुनै एक व्यक्ति वा निकायबाट मात्र सम्भव नहुने र सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने सन्देश नाटकको मुख्य आकर्षण थियो ।
सडक नाटकका सवालमा बहुक्षेत्रीय संवादः
सडक नाटकपछि आयोजित “एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म” कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि क्षेत्रका प्राविधिक, नेपाल एक स्वास्थ्य संस्थाका प्रतिनिधि, किसान, सहकारी, विभिन्न सरकारी निकाय तथा समुदायका सरोकारवालाहरूबीच छलफल गरिएको थियो ।
संवादमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता तथा वातावरण संरक्षणका विषयमा सम्बन्धित क्षेत्रको भूमिका र सहकार्यको आवश्यकतामाथि छलफल भएको थियो ।
छलफलले समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रका समस्याका रूपमा मात्र नहेरी मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीसँग जोडेर सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको थियो ।
एक स्वास्थ्य नीतिदेखि कार्यान्वयनतर्फ
वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ ।
यसै पृष्ठभूमिमा आयोजित विश्व एक स्वास्थ्य दिवसले समुदायमा देखिएका समस्या र सरोकारवालाका सुझावलाई स्थानीय सरकारको नीतिगत प्राथमिकता तथा कार्यान्वयनसँग जोड्ने अवसर प्रदान गरेको छ ।
कार्यक्रमले एक स्वास्थ्यलाई मानव स्वास्थ्य क्षेत्रको मात्र विषय नभई कृषि, पशुपालन, खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा तथा स्थानीय सुशासनसँग सम्बन्धित साझा विकासको अवधारणाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ ।
‘वालिङ एक स्वास्थ्य घोषणा–पत्र, २०८३’ जारी
कार्यक्रममा उठेका सवालहरुलाई समेट्दै ‘वालिङ एक स्वास्थ्य घोषणा–पत्र, २०८३’ पारित गरिएको छ ।
घोषणा–पत्रमार्फत एक स्वास्थ्य नीति तथा कार्यविधिको कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरण क्षेत्रबीच समन्वय, रेबिज लगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवद्र्धनमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने र साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना, जिम्मेवारी निर्धारण तथा नियमित समीक्षा गर्ने विषयलाई पनि घोषणा–पत्रमा समेटिएको छ।
“समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार!” भन्ने नारासहित जारी घोषणा–पत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यसँग जोड्ने आधार तयार गरेको छ ।
अन्य स्थानीय तहका लागि सिकाइको अवसर
विश्वव्यापी रूपमा एक स्वास्थ्य अवधारणालाई मानव, पशु तथा वातावरणीय स्वास्थ्यसँगै कृषि–खाद्य प्रणालीमा एकीकृत गर्ने विषयले महत्त्व पाइरहेको सन्दर्भमा वालिङ नगरपालिकाको पहल स्थानीय तहको नेतृत्वमा यस अवधारणालाई संस्थागत गर्ने प्रयासका रूपमा महत्त्वपूर्ण मान्न सकिन्छ ।
एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणा–पत्रलाई एउटै प्रक्रियामा जोडिएको यस पहलले अन्य स्थानीय तहलाई पनि एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ ।
आगामी दिनमा घोषणा–पत्रका प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, जिम्मेवारी, स्रोत परिचालन र नियमित अनुगमनसँग जोड्न सके वालिङको अनुभव अन्य नगरपालिकामा समेत विस्तार गर्न सकिने सम्भावना छ ।
समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यवहारिक कार्यान्वयनसम्म पु¥याउने वालिङको यो पहलले एक स्वास्थ्यको स्थानीयकरणमा नयाँ सिकाइको आधार तयार गरेको छ ।

शुष्मा वोस्ती, तस्बिरहरु ः एक स्वास्थ्य कार्यक्रम ।

 

यो पनि पढ्नुहोस्

प्रभु बैंकले ४६ लाख कित्ता संस्थापक सेयर बेच्ने

प्रभु बैंकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

४ मिनेट अगाडि
तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन हुने

तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन हुने

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा आज दुई खेल हुने

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

एआईजी मनोज केसी आईजीपी बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक