सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्लक बस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रको छायांकन भएको थियो ।

गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतिक्षा छ ।

“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” निर्देशक आचार्यले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ ।”

यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् ।

यो चलचित्रमा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिस्मा मानन्धर, नायक आशीर्वाद क्षेत्री, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् ।

यस्तै चलचित्रमा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी,  रुक्मिला अधिकारी, सुस्मिता कुँवर,अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।

सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीत समेत लेखेका छन्, जसमा हर्क साउदको पनि रहने छ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन र बाबु गिरीको संगीत, गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशन गरेका छन् ।

रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्र बहादुर राउत र लक्ष्मी पौडेल छन् । त्यस्तै, सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् ।  मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णु प्रसाद मैनाली र अनिश लामिछाने, पब्लिसिटी डिजाइन टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

यो चलचित्र २०८३ माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

‘राष्ट्रिय परिचयपत्र खारेज गरौं, करको दयरा १० प्रतिशतमा सिमित गरौं’

‘राष्ट्रिय परिचयपत्र खारेज गरौं, करको दयरा १० प्रतिशतमा सिमित गरौं’

११ मिनेट अगाडि
बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

भारतबाट भन्सार छली गरी ल्याइएको मुचुल्का तयार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक