आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

धारणा न्यूज by धारणा न्यूज
२१ घण्टा अगाडि
Reading Time: 1 min read
0
ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको हो ।

यो चलचित्रलाई बायोपिक सिनेमामा अब्बल निर्देशक मानिएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन् । ७६ वर्षिय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को असारको पहिलो साता निर्माणको घोषणा गरिएको थियो ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, साथै मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर निर्माण हुने यो चलचित्र महँगो मुल्यमा डिजिटल राइट ओएसआर डिजिटलले खरिद गरेको निर्माण टिमले जानकारी गराएको छ ।

निर्देशक चाम्स भन्छन्, ‘ध्रुर्व सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गर्नुभएको छ । यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको नतिजा हो ।’

नेपाली चलचित्र इतिहासमा कुनै चर्चित व्यक्तिको जीवनीमा सिनेमा बन्नु नयाँ कुरा नभए पनि, कुनै ‘अभिनेता’ माथि बायोपिक बन्न लागेको यो पहिलोपटक हो । यसअघि गायक भक्तराज आचार्यको जीवनमा ‘आचार्य’ बनेको थियो भने अन्य क्षेत्रका व्यक्तित्वका बायोपिक पनि बनेका थिए । तर, रङ्गमञ्च र सिनेमाका हस्ती मदनकृष्ण श्रेष्ठमाथि फिल्म बन्नुलाई नेपाली सिनेमाको एक ऐतिहासिक पाइला मानिएको छ ।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्ण श्रेष्ठको चर्चा गर्दा उनको ‘मह’ जोडीका अर्का खम्बा हरिवंश आचार्यको प्रसंग नआउने कुरै हुँदैन । चलचित्रमा हरिवंश आचार्यको भूमिका कसले निभाउनेछ भन्ने विषयलाई अहिले निकै गोप्य र कौतुहलतापूर्ण राखिएको छ ।

यस्तै, चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतिक्षित बन्ने निश्चित छ ।

चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।

 

भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

२ दिन अगाडि
प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 

प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक