शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो । क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।

नेपाल पनि लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ । नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ ।

यस श्रृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ । पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो । यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ ।

यता क्यानडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ । उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै आफ्नो क्षमता देखाइसकेको छ ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो । त्यसैले शनिबारको प्रतिस्पर्धामा नेपालले क्यानडाको ब्याटिङलाई रोक्नुका साथै आफ्नो ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ ।

नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । क्यानडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो । अहिलेसम्म शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले जित निकालेकाले टस र सुरुआती ब्याटिङले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ ।

क्यानडासँग नेपालको विगत
नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तरराष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन् । नेपालले सन् २०२४ मा क्यानडासँग पराजय बेहोरेयता खेलेको पछिल्लो खेलमा जित निकालेको थियो । शनिबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ।

नेपालले क्यानडालाई हराएमा शीर्ष छमा आफ्नो स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध दबाब कम गर्न सक्नेछ । तर, पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्नेछ ।

यो पनि पढ्नुहोस्

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

२० घण्टा अगाडि
आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

ठगी नियन्त्रण गर्न नयाँ संरचना अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक