शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बडादशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।

प्रशासनले खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गर्दै अस्वाभाविक मूल्यवृद्धिमा रोक लगाएको हो।

विराटनगरका मासु व्यापारीले यसअघि प्रतिकिलो १ हजार ३०० रुपैयाँमा बिक्री गर्दै आएको खसीको मासुको मूल्य मंगलबारदेखि बढाएर १ हजार ४०० रुपैयाँ पुर्‍याएका थिए। चाडपर्वको समयमा उपभोक्ताको माग बढ्ने मौका छोपेर व्यापारीले पुनः मूल्य बढाएपछि प्रशासनले हस्तक्षेप गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार सूचना जारी गर्दै खसीको मासु प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ। निर्धारित मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइए कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मासुको मूल्य अस्वाभाविक रूपमा बढाइएको गुनासो आएपछि प्रशासनले मूल्य निर्धारण गर्नुपरेको बताए। वस्तुको मूल्य सामान्यतया माग र आपूर्तिका आधारमा तय हुने भए पनि चाडपर्वको मौका छोपेर अस्वाभाविक मूल्य कायम गरिएपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले हस्तक्षेप गरेको उनको भनाइ छ।

कटेलका अनुसार मोरङमा खसीको मासु प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा बिक्री गर्न पाइने छैन। यद्यपि, उपभोक्ताले छानेर बोसो नभएको वा हड्डीविनाको मासु किन्न चाहेमा त्यसको मूल्य भने फरक निर्धारण गर्न सकिने उनले बताए।

विराटनगर बजारमा गत वर्षसम्म खसीको मासु प्रतिकिलो १ हजार १०० रुपैयाँमा बिक्री हुँदै आएको थियो। गत फागुनमा व्यापारीले एकैपटक प्रतिकिलो २०० रुपैयाँ बढाएर मूल्य १ हजार ३०० रुपैयाँ पुर्‍याएका थिए। त्यसपछि दशैंको मुखमा पुनः १०० रुपैयाँ बढाएर प्रतिकिलो १ हजार ४०० रुपैयाँ पुर्‍याएपछि प्रशासनले मूल्य नियन्त्रणका लागि कदम चालेको हो।

प्रशासनले निर्धारित मूल्य कार्यान्वयन भए–नभएको विषयमा बजार अनुगमन गर्ने जनाएको छ। प्रमुख जिल्ला अधिकारी कटेलले प्रतिकिलो १ हजार २०० रुपैयाँभन्दा बढीमा खसीको मासु बिक्री गरेको पाइए सम्बन्धित व्यापारीमाथि कारबाही गरिने स्पष्ट पारे।

चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने र त्यसैको आडमा मूल्यवृद्धि हुने प्रवृत्तिबीच प्रशासनको यो निर्णयले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

सूचना प्रविधि विज्ञमा आवेदन खुला

सूचना प्रविधि विज्ञमा आवेदन खुला

१ मिनेट अगाडि
यी हुन मन्त्रीपरिषद्का १२ निर्णय

यी हुन मन्त्रीपरिषद्का १२ निर्णय

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

सूचना प्रविधि विज्ञमा आवेदन खुला

ठगी नियन्त्रण गर्न नयाँ संरचना अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक