मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मध्यपूर्बमा फेरि भयानक युद्ध : बिश्वनै गम्भीर संकटको चपेटामा 

धारणा न्यूज by धारणा न्यूज
१६ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
गएको २८ फेब्रुअरीका दिन अमेरिका र इज्रायलले संयुक्तरुपमा ईरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्ध अस्वीकार्य र अबाञ्छित जनधनको ठूलो क्षति पछि केही दिन थामिदा बिश्वलाई ठूलो राहत मिलेको अनुभव हुँदै थियो ।तर पश्चिम एशियामा साम्राज्यबादले आफ्नो चरित्र र स्वाभाव हनुसार युद्ध बिराम तोडेर अर्को चरणको भिषण युद्ध शुरु गरेको छ । ६० दिनको भनिएको युद्ध बिराम भंग भएको छ । अमेरिका र ईरानका पछिल्ला बयानबाजीहरुलाई ध्यान दिने हो भने कुन बेला फेरि युद्ध भड्किने हो भन्ने सन्त्रास सर्बत्र छाएको थियो । गएको शनिबार राती ईरानका १४० स्थानमा हमला गरियो । त्यसको तत्कालीन निहुँ थियो ईरानले साईप्रसको झण्डाभएको जहाजमाथि हमला गरेर युद्ध बिरामा तोडेपछि यो आक्रमण गरेको हो । अमेरिकाको यो बिशाल हमला पछि ईरानले पनि युद्धको प्रतिरोधस्वरुप कुबेत, बहराईन समेत अमेरिकी सैन्य अखडाहरुलाई तारो बनाएर प्रतिहमला गर्न थाल्यो । त्यसपछि ईरानको ‘इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स’(आईआरजीसी)ले चेतावनी पनि दिइसकेको छ कि यदि अमेरिकाले थप अरु हमला गरेको खण्डमा ईरानले त्यसको कडाभन्दा प्रतिरोध गर्नेछ । ईरानले के पनि दाबी गरेको छ भने उसको नौसेनाले एउटा यस्तो मालबहक जहाजलाई चेतावनी दिएको थियो कि जुन ईरानको तर्फबाट निर्धारित सुरक्षित मार्ग थियो त्यसको बिपरीत अर्को मार्गबाट हिडेको हुनाले उसमाथि गोली चलाइएको थियो । अमेरिकाको तर्फबाट भएको हमलाको बिरुद्ध प्रतिरोध गर्नुकासाथै एक पटक फेरि ईरानले हर्मुज जलडमरुमध्य मार्गलाई बन्द गरिदिएको छ ।
मोहम्मद बागर गालिबाफ जो ईरानी संसदका सभमुख हुन्, ले एक्समा पठाएको पोष्टमा भनेका छन् –‘एकतर्फी सम्झौताको काल अब समाप्त भइसकेको छ । हामीले तपाईलाई भनेका थियौ कि आफ्नो कुरामा अडिग रहनु होला अन्यथा परिणाम भोग्न तयार हुनु होला । त्यो सत्य कुरा अब सामुमा आएको छ’ ।उनले अमेरिकासँग भएको सम्झौताको पाँचौ बूँदाको स्क्रिनशटको शेयर पनि त्यसमा गरेका छन् । जसमा लेखिएको छ कि सम्झौतमा हस्ताक्षर गरिसके पछि ईरानले ६० दिनसम्म कुनै असुली या कर नलिइकन ब्यापारिक जाहाजहरुलाई फारसको खाडीबाट ओमनको खाडीसम्म सुरक्षित निस्कन दिनेछ । तर अब ईरानले प्रष्ट भनिसकेको छ कि ‘अर्को आदेश नभएसम्म हर्मुज जलडमरुमध्य बन्द रहनेछ’ ।ईरानका बिदेशमन्त्री अब्बस अरागाचीले त अमेरिकामाथि युद्ध बिराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भनेका छन् कि अमेरिकाले ईरानलाई डलरमा कच्चा तेल बेच्ने जुन छुट दिएको थियो, त्यसलाई अचानक समाप्त गरिदियो । अरागाचीले सोशियल मिडियामा लेखेका छन् कि ‘सम्झौता त्यतिबेला मात्र लागु हुन्छ जतिबेला दुबै पक्षले त्यसको पालना गर्दछन्’ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि दाबी गर्दै भनेका छन् कि ईरानले उनको हत्याको षडयन्त्र रचिरहेको छ । उनल सामाजिक सञ्चार माध्यममा लेखेका छन कि ‘यदि ईरानले उनका बिरुद्ध कुनै कारबाही गर्यो भने अमेरिकाले तुरुन्तै त्यसको जबाफ दिनेछ । उनले थप भनेका छन् ‘ईरानको लागि १००० मिसाईलहरु तयार छन् र आवश्यक परे हजारौ अरु मिसाइलहरु दागिनेछ’ । उनले के पनि फेरि दोहोर्याए भने अमेरिका युद्ध बिराम समाप्त भएको मान्दछ तर बार्ताको बाटो पूर्णरुपले बन्द भने गरिएको छैन । यस प्रकारका अर्थहीन बयानबाजी ट्रम्पले शुरुको दिनदेखि नै गर्दै आएका हुन् । जब अमेरिका र इज्रायलले ईरानमाथि हमला शुरु गरेका थिए, त्यतिबेला पनि अमेरिकाले ईरानको तर्फबाट खतरा रहेको कुरा उठाएका थिए । ईरानमाथि परमाणु बम बनाएको षडयन्त्रमूलक आरोप त अमेरिकाले बारम्बार लगाउने नै गरेको छ । जस्तो किमिसलले ईरानमाथि हमलाका नयाँ नयाँ बहानाको खोजी अमेरिकाले गर्ने गर्दछ त्यसबाटै स्पष्ट हुन्छ कि उसको चासो र चिन्ता बिश्व शान्तिप्रति कत्ति पनि छैन । बरु उसको हात हतियारको कारोबारी बजार भने फल्ने फुल्ने गर्दै आएको छ ।युद्धको कारण शेयर बजारमा उथलपुथल जारी रहन्छ र तेलको मूल्यको मुनाफाखोरीको मौका ट्रम्पलाई मिलिरहन्छ । उनको यथार्थ दिलचस्पी र चासो यति नै मात्र हो ।
गएको हप्ता जतिबेला अमेरिकाद्वारा हत्या गरिएका ईरानी सर्बोच्च नेता खामेनाईको सम्मानमा शोक सभाहरु भइरहेका थिए र उनको अन्तिम संस्कार गर्ने कार्यक्रम चलिरहेको थियो त्यतिबेला डोनाल्ड ट्रम्पले एकदमै अबाञ्छित बयान दिएका थिए कि उनले चाहे भने कर्यौ ईरानी अधिकारीहरुलाई एकै चिहान हुने गरी मार्न सक्छन् । गत २८ फेब्रुअरीका दिन अमेरिका र इज्रायलको संयुक्त हमलामा नै ईरानी सर्बोच्च नेता खामेनाई सहीत उनका कतिपय परिजनहरुसँगै हत्या गरेको थियो । अमेरिका र इज्रायलालाई भ्रम थियो कि खोमेनाईलाई खत्तम गरेपछि उनीहरुले ईरानलाई आफ्नो कब्जामा लिनेछन् । तर ईरानले पूरै सक्षमता र सबलताकासथ अमेरिका बिरुद्ध लड्दै रह्यो । त्यसपछि मात्रै बाध्य भएर ट्रम्पले  सम्झौता गर्न राजी हुनु परेको थियो ।
 यद्यपि त्यतिबेला इज्रायलका प्रधानमन्त्री नेतन्याहू यसका लागि तयार देखिदैनथे । गाजाको साथै लेबनान र ईरान दुबै ठाउमा इज्रायलको कुदृष्टि पर्दै आएको छ । आफ्नो हमलालाई जायज ठहराउनका निम्ति नेतन्याहूले आत्मरक्षको मनोमानी सिद्धान्त प्रतिपादन गर्दै आएका छन् । तर अन्तर्राष्ट्रिय न्यायालयले जब उनलाई युद्ध अपराधी ठहरायो त्यस्तो बेलामा उनले गर्ने कुनै पनि तर्कमाथि बिश्वास गर्न  कठिन भएको स्थिति छ । डोनाल्ड ट्रम्पको लागि घरेलु स्थिति पनि निकै कठिनाईपूर्ण रहेको देखिन्थ्यो । ईरान युद्धका बिरुद्ध जोडदाररुपमा  खडा भए पछि उनी सम्मmौता गर्न तयार भएका हुन् ।तर यति चाँडै ट्रम्प त्यस बाटोबाट बिचलित भइसकेका छन् भने त्यसको पछाडि कुनै ठूलो दबाब या कुनै दुरभि–सन्धिले काम गरिरहेको हुनसक्छ भन्ने मान्न पनि सकिन्छ । ईरानलाई यस युद्धमा दोषी देख्ने प्रबृत्तिवालाहरुले कुन कुरालाई देख्दैनन् भने पहिलो हमला ईरानको तर्फबाट भएकै थिएन त्यसो गर्ने मनसुवा पनि प्रकट गरेको थिएन । तर उसमाथि युद्ध थोपरिन्छ भने त निश्चय नै त्यसको प्रतिरोध गर्नु उसको कत्र्तब्य नै बन्दछ । यस पटक पनि उसले त्यसै गरेको छ । तर ईरानको छिमेकी तर अमेरिकाको सहयोगीकोरुपमा चिनिदै आएको साऊदी अरबको तर्फबाट जारी गरिएको बयानमा के भनिएको छ भने ईरानको तर्फबाट अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र, अर्गनईजेशन अफ इस्लामिक कोपरेशनको चार्टर र छिमेक सम्वन्धका नियमहरु उल्लंघन गरिरहेको छ । यसको सबूत प्रमाण ब्यापारिक जहाजहरुमाथि ईरानको पटक पटकको हमलाहरु हुन् जसले जहाज आउने जाने ‘नेभिगेशन’को सुरक्षा र तिनको स्वतन्त्रतामाथि खतरा पैदा हुने गर्दछ । ईरानमाथि यसरी औ्रंला उठाउने साऊदी अरबलाई यो कुरा देखापरिरहेको छैन कि  अमेरिका र इज्रायले कत्ति धेरै अन्तर्राष्ट्रिय नियमह, कानुनहरु र अभिसन्धिहरुको ठाडै उल्लंघन गर्ने गर्दै आएका छन् र गरिरह्ेकाछन् । तिनलाई कसैले किन औंला ठड्याउँँदैन र कानुको दायरामा ल्याउँदैन ।
अर्को एउटा उल्लेखनीय पक्ष के छ भने पाकिस्तानले पुनः ईरानसँग कुराकानी गरेको छ र शान्तिको पहल गर्न जोड दिएो छ देखिदैछ । यस अघिको युद्ध बिराम पनि पाकिस्तानकै मध्यस्थताको कारणले सम्भव भएको थियो । त्यसले बिश्व पटलमै पाकिस्ताको प्रतिष्ठा पनि बढेको बताइन्छ । यता भारतीय सत्ता पक्ष भने त्यो सम्भाबित शान्ति बार्ताको पहला आफ्नो हातबाट फुत्केको र ईरानसँगको हजारौं साल पुरानो सम्वन्धलाई उच्चाई दिन नसकेको चर्चा भइरहेको छ ।
यसरी अहिले दोश्रो पटक युद्धका कारणले हर्मुज जलडमरुमध्य बन्द हुनु र अमेरिकाको ईरानमाथिको नयाँ हमलाले कुन कुराको संकेत दिइरहेको छ भने ईरान र अमेरिकाका बीच चाँडै कुनै कूटनीतिक समाधान निस्कने छाँट छैन । युद्ध अझ बढ्दै जाँदा यसको असर केवल पश्चिम एशियामा मात्र पर्नजाने होइन र त्यत्तिमै सीमित हुने होइन, यसले त सारा बिश्व तेल बजार, सामुद्रिक ब्यापार र बिश्व अर्थब्यवस्थामा नै गम्भीर र ढाड भाच्ने असर पुग्न सक्छ ।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

१ महिना अगाडि
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक