काठमाडौं । उपत्यकाबाट सार्बजनिक सवारी साधन प्रयोग गरी बाहिर जाने यात्रुहरुलाई काठमाडौंको कोटेश्वर-जडिबुटी स्थित काउण्टर संचालन गर्ने कर्मचारी, सवारी चालक तथा सह-चालकहरुले अनावश्यक दुःख हैरानी दिने गरेको सार्वजनिक जन गुनासोको आधारमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलिले हेर्दा यात्रुलाई तान्ने, यात्रुहरुको साथमा रहेको झोला खोस्ने जस्ता कार्य गरि दुःख हैरानी दिने १० जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा थप कारवाहिको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको छ ।
नियन्त्रणमा आएका व्यक्तिहरू
१. जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका ५ बस्ने वर्ष ४० को सुर्य बहादुर देवकोटा ।
२. जिल्ला दोलखा भिमेश्वर नगरपालिका १ बस्ने वर्ष ३२ को प्रकाश सिवाकोटी।
३. जिल्ला भक्तपुर चागुनारायण नगरपालिका ९ वस्ने बर्ष ५५ को हरी भजन थापा ।
४. जिल्ला दोलखा बैदेश्वर गाउँपालिका ४ बस्ने वर्ष ३८ को डिल्ली प्रसाद लामिछाने।
५. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ५ बस्ने वर्ष २८ को सुरेश तामाङ् ।
६. जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका २ बस्ने वर्ष २७ को तिलक कुमार थापा ।
७. जिल्ला दोलखा भिमेश्वर नगरपालिका ८ बस्ने वर्ष २६ को खड्क बहादुर तामाङ् ।
८. जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका ४ बस्ने वर्ष ३६ को डोर कुमार श्रेष्ठ ।
९. जिल्ला ओखलढुंगा लिखु गाउँपालिका ७ बस्ने वर्ष ४५ को नन्द लाल बुढाथोकी ।
१०. जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ४ वस्ने बर्ष ३६ को राजेश सापकोटा ।


