मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोनहरू ‘रियलमी पी३ अल्ट्रा फाइभजी’ (realme P3 Ultra 5G) र ‘रियलमी पी३ फाइभजी’ (realme P3 5G) सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यी नयाँ सिरिजका फोनहरूले उपभोक्तालाई उच्च प्रदर्शन (हाई पर्फर्मेन्स), आकर्षक डिजाइन र नयाँ एआई (कृत्रिम बुद्धिमत्ता) को उत्कृष्ट अनुभव प्रदान गर्नेछन्।

नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ७३५० अल्ट्रा चिपसेट (Dimensity 7350 Ultra chipset) समावेश गरिएको छ। द्रुत र प्रभावकारी चार्जिङका लागि यसमा ६००० एमएएच (6000 mAh) को टाइटन ब्याट्री र ८० वाटको अल्ट्रा चार्ज प्रविधि उपलब्ध छ।

७.३८ मिमी अल्ट्रा स्लिम तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी६९ (IP69) स्तरको पानी प्रतिरोधक क्षमता (वाटर रेसिस्टेन्ट) रहेको छ।

साथै, फोनमा १.५ के क्वाड–कभ्ड एमोलेड डिस्प्ले, ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जीबी र्‍याम, २५६ जीबीसम्मको स्टोरेज, र रियलमी यूआई ६.० जस्ता उत्कृष्ट सुविधाहरू छन्।

नेपाली बजारमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको रियलमी पी३ अल्ट्रा फाइभजी ‘ग्लोइङ लुनार ह्वाइट’ र ‘नेप्च्युन ब्लु’ रङमा उपलब्ध हुनेछ, जसको मूल्य ६५,९९९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको अर्को मोडल रियलमी पी३ फाइभजीमा स्न्यापड्रैगन ६ जेन ४ फाइभजी चिपसेट प्रयोग गरिएको छ।

दैनिक प्रयोग र गेमिङलाई ध्यानमा राखेर तयार पारिएको यस फोनमा पनि ६००० एमएएचको टाइटन ब्याट्री र ४५ वाटको फास्ट चार्ज सुविधा रहेको छ।

यसमा १२० हर्जको एमोलेड ई–स्पोर्ट्स डिस्प्ले, ५० मेगापिक्सेल एआई क्यामेरा, एरोस्पेस कुलिङ प्रणाली, अधिकतम २६ जीबीसम्मको र्‍याम (भर्चुअल र्‍यामसहित) र २५६ जीबी रोम समावेश गरिएको छ।

यो फोन आईपी६६, आईपी६८ र आईपी६९ को वाटर प्रुफिङ सुरक्षा र एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० का साथ आउँछ।

८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता भएको रियलमी पी३ फाइभजी ‘स्टारलाइट ग्रीन’ र ‘कोमेट ग्रे’ रङमा उपलब्ध छ र यसको मूल्य ४४,९९९ रुपैयाँ निर्धारण गरिएको छ।

यो नयाँ पी३ सिरिजको सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्ताहरूलाई नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४२ मिनेट अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक