काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोनहरू ‘रियलमी पी३ अल्ट्रा फाइभजी’ (realme P3 Ultra 5G) र ‘रियलमी पी३ फाइभजी’ (realme P3 5G) सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यी नयाँ सिरिजका फोनहरूले उपभोक्तालाई उच्च प्रदर्शन (हाई पर्फर्मेन्स), आकर्षक डिजाइन र नयाँ एआई (कृत्रिम बुद्धिमत्ता) को उत्कृष्ट अनुभव प्रदान गर्नेछन्।
नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ७३५० अल्ट्रा चिपसेट (Dimensity 7350 Ultra chipset) समावेश गरिएको छ। द्रुत र प्रभावकारी चार्जिङका लागि यसमा ६००० एमएएच (6000 mAh) को टाइटन ब्याट्री र ८० वाटको अल्ट्रा चार्ज प्रविधि उपलब्ध छ।
७.३८ मिमी अल्ट्रा स्लिम तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी६९ (IP69) स्तरको पानी प्रतिरोधक क्षमता (वाटर रेसिस्टेन्ट) रहेको छ।
साथै, फोनमा १.५ के क्वाड–कभ्ड एमोलेड डिस्प्ले, ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जीबी र्याम, २५६ जीबीसम्मको स्टोरेज, र रियलमी यूआई ६.० जस्ता उत्कृष्ट सुविधाहरू छन्।
नेपाली बजारमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको रियलमी पी३ अल्ट्रा फाइभजी ‘ग्लोइङ लुनार ह्वाइट’ र ‘नेप्च्युन ब्लु’ रङमा उपलब्ध हुनेछ, जसको मूल्य ६५,९९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, कम्पनीले सार्वजनिक गरेको अर्को मोडल रियलमी पी३ फाइभजीमा स्न्यापड्रैगन ६ जेन ४ फाइभजी चिपसेट प्रयोग गरिएको छ।
दैनिक प्रयोग र गेमिङलाई ध्यानमा राखेर तयार पारिएको यस फोनमा पनि ६००० एमएएचको टाइटन ब्याट्री र ४५ वाटको फास्ट चार्ज सुविधा रहेको छ।
यसमा १२० हर्जको एमोलेड ई–स्पोर्ट्स डिस्प्ले, ५० मेगापिक्सेल एआई क्यामेरा, एरोस्पेस कुलिङ प्रणाली, अधिकतम २६ जीबीसम्मको र्याम (भर्चुअल र्यामसहित) र २५६ जीबी रोम समावेश गरिएको छ।
यो फोन आईपी६६, आईपी६८ र आईपी६९ को वाटर प्रुफिङ सुरक्षा र एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० का साथ आउँछ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज क्षमता भएको रियलमी पी३ फाइभजी ‘स्टारलाइट ग्रीन’ र ‘कोमेट ग्रे’ रङमा उपलब्ध छ र यसको मूल्य ४४,९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यो नयाँ पी३ सिरिजको सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्ताहरूलाई नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।


