काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।
सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सूचना विष्ट जानकारी दिनुभयो । उहाँका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ ।


